×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स् बैंकका डेपुटी सीइओमाथि कार्वाही प्रकरण : लाइसेन्स बचाउन यहाँसम्म गिरेका थिए गणेश पोखरेल… !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- के तपाईंको खाता सिटिजन्स बैंकमा छ ? के तपाईं सिटिजन्स बैंकबाट कारोबार गर्नुहुन्छ ? के तपाईं सिटिजन्स बैंकको लगानीकर्ता हो ? यदी हो भने सिटिजन्स बैंकले लुकाउन खोजेको तर हामीले पटक पटक उठाउन खोजेको विषयमा तपाईं कतिको जानकार हुनुहुन्छ ? पछिल्लो समय ‘सुन-काण्ड’ मा मुछिएर बदनामीको बाटो अंगालेको सिटिजन्स बैंकको चावी कस्ता व्यक्तिको हातमा छ भन्ने पनि तपाईंले थाहा पाउन जरुरी छ । प्रसङ्ग उही, सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडका डेपुटी सीइओ रहेका गणेश राज पोखरेललाई नेपालको लेखा व्यवसायको नियामक संस्था, ‘नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको अनुसाशनको कारवाही । 
संस्थाले २०७३ असार १७ गते बसेको संस्थाको परिषद् को १०८ औं बैठकबाट उनले लेखा व्यवसायको आचरण विपरित काम गरेको भन्दै कारवाही गरेको छ । यसरी आचरणमै समस्या देखिएर कारवाही नै भोगेका पोखरेल अझै बैंकको डेपुटी सीइओ पदमै छन् । अझ खास कुरा त के छ भने बैंकका सीइओ राजन सिंह भण्डारीको कार्यकाल सकिएसँगै उनी बैंकको सीइओ बन्ने लाइनमा पनि छन् । तर गणेश राज पोखरेलले आचरणको कारवाही भोग्नुअघि के के सम्म गरेका रहेछन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।
पोखरेलको यो हदसम्मको बदमासी !
गणेश राज पोखरेल बैंकका जागिरे थिए । तर उनले कुनैबेला आइक्यानबाट लिएको लेखापरीक्षण लाइसेन्स अरुलाई नै प्रयोग गर्न दिएका थिए । जुन सरासर गैर कानुनी हो । उक्त लाइसेन्स नवीकरण गर्न लाइसेन्स होल्डरले निश्चित घन्टाको तालिमपनि लिनुपर्छ, जसलाई सीपीइ तालिम भनिन्छ । पोखरेलको हकमा उक्त तालिम पनि अर्कै व्यक्तिले लिन्थे । जुन सरासर गैरकानुनी काम हो । त्यहाँ गणेश राज पोखरेल भनेर हाजीरी पनि अर्कै व्यक्तिले गर्थे । यो त झन् किर्ते नै भयो । उनका नाममा जारी भएको छाप प्रयोग गर्दा उनको सहि पनि अरुले नै गर्थे । यसका लागि पोखरेलले नै उनलाई अनुमति दिएका थिए । आफ्ना आफन्त भएकै कारणले उनले उक्त लाइसेन्स अरुलाई प्रयोग गर्न दिएको उनको भनाइ छ । हामीसंगको कुराकानीमा उनले आफुले अडिटरको लाइसेन्स अरुलाई प्रयोग गर्न दिएको कुरा स्वीकारेका छन् । उनीसंगको कुराकानीको अडियो रेकर्ड हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।

जताततै किर्ते, जताततै गलत काम, तर जनताको अरवौं डिपोजिट भएको बैंकको जिम्मा उनलाई नै ?
अझ खास कुरा त के छ भने उनले जे गरे, त्यो एउटा घटना भयो, तर केहि हजारको लोभमा अडीट लाइसेन्स नै अरुलाई दिने उनले भोलि जनताको पैसा सुरक्षित राख्लान् त ? भन्ने प्रश्न उब्जिएको छ । देशका विभिन्न बैंकहरुमा विभिन्न खाले घोटाला प्रकरण बाहिरीइरहेका छन् । उनी कार्यरत सिटिजन्स बैंकमै पनि जनताको सुन सुरक्षित नरहेको पुष्टी केहि समय अगाडी भएको थियो । अव केहि गरी उनी नै उक्त बैंकको सीइओ भएर र जनताको अरवौं रुपैयाँमाथि बदमासी भयो भने कसले त्यसको जिम्मा लिने ? यस विषयमा नेपाल राष्ट्र बैंक र बैंकका डिपोजिटकर्ता चनाखो हुन जरुरी छ । अन्यथा सबै कुरा बिग्रिएपछी पछुतो मान्नुको कुनै तुक नहुन सक्छ । 
सिटिजन्स बैंकका यी समाचार छुटाउनु भयो कि ?







Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: