×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बन्दको दिन धर्म परिवर्तनविरुद्ध उत्रिए नेकपाका कार्यकर्ता : सुदुरपश्चिमको ३ वटा चर्चमा शक्तिशाली बम फिस्फोट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बन्दको दिन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले धर्म परिवर्तन गराएको आरोपमा चर्चमाथि आक्रमण गरेका छन् । कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति आक्रमण भएको हो ।उता बन्दकै दिनमा डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा आइतबार विहान शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । 
चर्च चलाउने नाममा केहि क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा अभियान चलाएको स्थानीयको आरोप छ । यहि बीचमा स्थानीय नेकपाका कार्यकर्ताहरुलाइ गाउँलेले जवर्जस्ती धर्मपरिवर्तन गर्नेहरुविरुद्ध लाग्नुपर्ने भन्दै सुझाव दिएका थिए । नेकपाका कार्यकर्ताहरुले बन्दकै दिन ती चर्चहरुमा बम पड्काएको छ ।
नेकपाको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । ठाउँ-ठाउँमा बम बिस्फोट भएका छन् भने कतिपय ठाउँमा गाडीहरुमाथि आगजनी भएको छ ।
    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: