×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिए नै सबथोक सोच्ने बैंकरलाई दु:खको खबर, अव प्लस टु पछि नै सिए पढेकाहरुले मास्टर्सको समकक्षता नपाउने

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- व्यवस्थापनमा स्नातक गरेका र चार्टड एकाउन्टेन्सी उतीर्ण गरेकाहरुलाई त्रिभुवन विश्वविद्यालयले दिंदै आएको समकक्षता दिनेकाममा एकाएक टियुले कडाइ गरेको छ । टियुले प्लस टु पछि सिए पढ्नेहरुलाई समकक्षता नै नदिने गरी यस्तो कडाइ गरेको हो । अर्थात अव प्लस टु पछि सिए पढेर उतिर्ण हुने र स्नातक पास गरेकाले स्नातकोत्तरको समकक्षता नपाउने भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयले बिबिएस वा बीकम गरेका र सिए पास गरेकाहरुलाई स्नातकोत्तरको समकक्षता दिंदै आएको थियो ।  

‘खासमा दिनुपर्ने नै स्नातक सकेर सीए पढ्न सुरु गरेकाहरुलाई मात्र हो । यो नियमको अपव्याख्या गरेर बीचमा कहिले समकक्षता लिए । तर अव त्यस्तो हुन्न ।’ विश्व विद्यालयका एक पदाधिकारीले भने, ‘प्लस टु सक्ने बित्तिकै सिए पढ्ने र ब्याचलर पास गरेको भरमा मास्टर्सको एक्युभ्यालेन्सी अव टियुले दिंदैन ।’
    
यद्यपी स्नातक सकेर सिए पढ्नेहरुले भने यो सुविधा पाउने बुझिएको छ । यसले विशेष गरी थुप्रै समय गाडी सिए पास गरेका तर, हालसम्म माष्टर्स नपढेकाहरुलाई असर पुग्ने भएको छ । बजारमा समकक्षता नै लिएर बैंकको सीइओ बन्ने अपेक्षा राखेकाहरुलाई टियुको यो कडाइले झन् समस्या थपिदिएको छ । पछिल्लो नियम अनुसार कुनै पनि क, ख, र ग बर्गका बैंक तथा वित्तीय संस्थाको सीइओ हुन स्नातकोत्तर वा सो सरह पास गरेको हुनुपर्छ ।
त्रिभुवन विश्वविद्यालयले केहि समय अघि एसीसीएलाइ दिंदै आएको समकक्षतामा पनि कडाइ गरेको थियो ।       
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: