×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देख्नेले प्रहरीमा खबर गरौँ : नेपाल एसबीआइ बैंकमा रकम जम्मा गर्न गएका कर्मचारी २१ लाख बोकेर फरार भएपछि… !

  • अर्थ सरोकार सम्बाददाता 
चितवन- तपाईंले मोटो रकम लिएर कर्मचारीलाई बैंक पठाउने गर्नुभएको छ ? यदि छ भने होसियार हुनुहोस्, चितवनमा कम्पनीको बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर एक जना कर्मचारी फरार भएको खबर छ ।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न भनी लगेको रकम लिएर गैंडाकोट घर भएका अर्जुन ढकाल फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले नगद लिएर फरार व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ ।
अर्थ सरोकार डटकमलाई विश्वास एण्ड कम्पनीका सञ्चालक उत्सव श्रेष्ठले दिएको जानकारी अनुसार कम्पनीमा मार्केटिङको काम गर्ने ढकालले आइतबार दिउँसो नारायणगढस्थित एसबीआई बैंकमा रकम जम्मा गर्न भनी गएका थिए । तर उनी त्यतिबाट टाप कसेपछि कम्पनीले उनलाई खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: