×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Breaking : बन्दको दिन दाङमा नेकपाका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे भीडन्त, आधा दर्जन राउण्ड गोली चल्यो !

दाङ- नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो भीडन्त भएको खबर छ  । आइतबार विहान दाङको धानखोला भन्ने ठाउँमा प्रहरी र बन्दकर्ताबीच भीडन्त भएको स्थानीयहरुले जानकारी दिएका छन् । प्रहरीले उक्त ठाउँमा गोली चलाउँदा प्रहरीसँग बन्दकर्ताबाट समेत प्रतिकार हुँदा दोहोरो भीडन्त भएको स्थानीयले जानकारी दिएका छन् ।
यता प्रहरीले भने आफुलाई त्यसको जानकारी नभएको बताएको छ । नेपाल प्रहरीले आफ्नो वेव साइटमा उपलब्ध गराएको ड्युटी अफिसरको मोबाइल नम्बरमा यसबारे बुझ्दा प्रहरीले भने आफुहरुलाई यस विषयमा केहि पनि जानकारी नभएको जनाएको हो । ‘खोइ सर हामीलाई त त्यस्तो थाहा भएन त ! त्यस्तो कुनै जानकारी छैन ।’ प्रहरीले अर्थ सरोकार डटकमसँग भने । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: