×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

असक्षम घोषणा गर्दै कामीनीराज भण्डारीलाई टेलिकमबाट बर्खास्त गर्ने तयारी, अरवौंको घोटालामा संलग्न रहेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल टेलिकमको सञ्चालक समितिले कामिनी राज भण्डारीलाई बर्खास्त गर्ने भएको छ । केहि दिन अघि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चरम भ्रष्टाचारमा फसेको र कामिनी राज भण्डारी असक्षम भएको आरोप लगाउँदै उनलाई कम्पनीबाट निकाल्ने एजेन्डामाथि छलफल गरेको छ । साथै कम्पनीको सञ्चालक समितिले अवको सम्भावित टेलिकमका एमडीको नाम समेत छलफल गरेको छ । एक पटक आफैं राजीनामा दिन अनौपचारिक आग्रह गर्ने र नमानेको खण्डमा निर्णय नै गरेर उनलाई बर्खास्त गर्ने अन्तिम तयारीमा बोर्ड लाखेको बताईएको छ । 
टेलिकमका सञ्चालक समितिका एक सदस्यले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार डा. सुनील पोखरेललाई टेलिकमको एमडी बनाउने कसरत समेत सुरु भएको छ । ‘फोजी जडान प्रकरणमा ठुलो घोटालामा फसेको देखियो । टेलिकमको पैसा आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहानामा बाँडेको पनि देखियो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती सञ्चालकले भने, ‘ठुला काम गर्नेले कमिसन लिएर माथिसमेत दिने गरेको आरोपबारे पनि छानविन भइरहेको छ । फोजी प्रकरणमा २५ अर्व घोटाला भएको छ । उनी पदमा आएदेखि टेलिकमले केहि प्रगति गरेको छैन । बरु सेवा खस्किएको छ । अव उनलाई निकाल्ने मात्र कि अख्तियारको जिम्मा पनि लगाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’ ‘अव को होला त नयाँ एमडी?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सायद डा. सुनील पोखरेल नै होलान् । तर पनि केहि बैकल्पिक नामहरु पनि आएका छन् । हेरौं बोर्डले के गर्छ । 
सुरुदेखि घोटाला नै घोटालाको आरोप !
यसो त कामिनी राज भन्डारी नेपाल टेलिकममा आएपछि थुप्रै घोटाला प्रकरणमा संग्लग्न भएको आरोप लागेको थियो । सबैभन्दा बढी घोटाला पछिल्लो समय फोजी प्रकरणमा भएको टेलिकम स्रोतको दावी छ । टेलिकम स्रोतले दिएको जानकारी अनुसार फोजी प्रकरणमा कामिनीले मात्र २५ अर्व घोटाला गरेकी छिन् । यसको छानविनको मागसहित अख्तियारमा उजुरी परिसकेको छ । सञ्चालक समितिले पनि यसको सुइको पाएको र छानविन गर्ने तयारी गरिरहेको सञ्चालक समितिकै केहि सदस्यहरुले बताएका छन् । ‘सञ्चालक समितिकै केहि साथीहरुलाई पनि प्रभावमा पारिएको देखिन्छ । यहाँ ठुलो घोटाला भएको छ । कामिनीलाई बर्खास्त गर्ने कुरामा त कुनै शंका नै छैन, अव उनलाई जेल नै पठाउने गरी अगाडी बढ्ने कि के गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।’
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: