×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सन्दर्भ कानुन दिवस : यी हुन् कानुन अटेरी गर्न र कानुन मिच्न खप्पिस बैंकर र कथित ‘कर्पोरेट भिआइपी’हरु…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आज कानुन दिवस । सर्वप्रथम त कानुनी राज्यका सबै नागरिकहरुलाई कानुन दिवसको दिन शुभकामना । तर देशमा विधिको शासन छ भन्न पनि अफ्ट्यारो भएको यो बेलामा कानुन दिवसको खास औचित्यता देखिंदैन । किनकि देशमा कानुन त छ तर त्यसको कार्वनयन निकै फितलो छ । अर्थ सरोकार डटकमको यो अंकमा हामी कानुन नटेर्ने बैंकर र मिच्ने बैंकरहरुका कुरा गर्दैछौं । बैंकरमात्र होइन कानुनको धज्जी उडाउने केहि इन्सुरेन्सका ठुला-ठालूको चर्चा पनि आजको यो अंकमा हामी गर्दैछौं । 

इन्सुरेन्स क्षेत्रका यी कथित ‘भीआइपी’ जसलाई देशको कानुनले छोएको छैन !
एसियन लाइफ इन्सुरेन्सका अध्यक्ष विजय सरावगी नियम अनुसार पदमा बस्न पाउँदैनन् । बिमा समितिको नयाँ निर्देशिका अनुसार कुनै पनि नगरपालिकाको मेयर बीमा कम्पनीको अध्यक्ष हुन पाउँदैन । तर उनी अहिले पनि पदमै छन् । उनलाई यो देशको कानुनले छुन सकेको छैन । उनीमात्र होइन सोहि कम्पनीमा सञ्चालक रहेका दिनेश लाल श्रेष्ठले पनि बैंक तथा वित्तीय संस्था ऐन मिचेका छन् । नियम अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा कार्यकारी प्रमुख भएको मान्छे कुनै पनि अर्को पब्लिक लिमिटेड कम्पनीमा सञ्चालक हुन नपाउने वयवस्था छ । तर उनी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्समा कार्यकारी प्रमुख नै छन् तर एसियन लाइफ इन्सुरेन्समा सञ्चालक पनि छन् । उनलाई पनि यो देशको कानुनले खास छोएको छैन । 
यीनीहरु जसलाई बैंकिङ क्षेत्रमा कानुन लाग्दैन 
माउन्ट मकालु डेभलोपमेन्ट बैंकमा लछुमन तिवारी नियम मिचेर बसेका छन् । एक त सञ्चालक हुन स्नातक पास हुनुपर्छ । उनले एसएलसी मात्र पास गरेका छन् । तर पनि बैंकमा सञ्चालक बनेर बसेका छन् । बैंकको स्प्रेड दर ५ प्रतिशत भन्दा माथि हुन नहुने भन्ने स्पष्ट नियम यो देशमा देशकै सरकारी बैंकले टेर्दैन । कृषि बिकास बैंकले यो नियमको उल्लङ्घन गरेको छ । यस्तै स्ट्याण्डर्ड  चार्टड बैंकले पनि नियम उल्लङ्घन गरेको छ ।  वा नेपाल राष्ट्र बैंकले यिनीहरुलाई ठेगान लगाउन नसकेको हो, त्यो उनीहरु नै जानुन् । तर यस्ता कानुन नमान्नेहरुलाई कसैले पनि कारवाही गर्न सकेको छैन । नियम अनुसार क्वालिफिकेसन नै नपुगेका सीएन पाण्डेलाई मेगा बैंकले सञ्चालक बनायो । तर पनि न मेगालाई कानुनले छोयो, न सीएन पाण्डेलाई ।
कानुनको धज्जी उडाउनेहरु नै कार्यकारी पदमा 
कहिले नक्कली सुन काण्ड त कहिले के, सधैं काण्ड नै काण्डमा फस्ने सिटिजन्स् बैंकका डेपुटी सीइओ गणेश राज पोखेरेल गैरकानुनी काम गरेर सजाय समेत भोगीसकेका व्यक्ति हुन् । उनले लेखा व्यवसायको आचरण विपरित काम गरेको भन्दै नियामकले उनलाई कारवाही गरिसकेको छ । तर उनको आचरणमै समस्या देखिएको भएपनि जनताको पैसाको जिम्मा लिएको सिटिजन्स बैंकले उनलाई अझै पनि डेपुटी सीइओ बनाएर राखेको छ । राष्ट्र बैंकले उनलाई केहि गर्न सक्दैन । अझ उनी बैंकको सीइओ बन्ने लाइनमा छन् । उनी सीइओ बन्छन् वा बन्न पाउँदैनन् भन्ने बहस पनि सुरु भएको छ ।  भमा खुलमखुला गैरकानुनी काम गर्ने व्यक्ति कार्यकारी पदमा भएको संस्थाले जनताको अरवौं पैसाको रक्षा गर्ला ? ठुलो प्रश्न चिन्ह उठेपनि यहाँ कानुनको कसलाई मतलव छ र ?
गैरकानुनी काम गर्ने मर्चेन्ट बैंकलाई पनि कारवाही भएन !
यसो त नेपालका मर्चेन्ट बैंकहरु पनि कानुन मिच्न खप्पिस छन् । केहि समय अघि समृद्धि क्यापिटल नामक मर्चेन्ट बैंकले गैरकानुनी काम गरेको पुष्टि हुँदा पनि धितोपत्र बोर्डले कारवाही गर्न सकेको छैन । उक्त कम्पनीमा केहि कथित भीआइपीहरुको लगानी भएकाले पनि धितोपत्र बोर्डले उक्त कम्पनीलाई कारवाही गर्ने आँट गरिरहेको छैन । इङ्गिश घिमिरे उक्त कम्पनीका सीइओ हुन् । उसले गैरकानुनी रुपमा धितोपत्र लिमिटेड नै आफ्नो कम्पनी हो भनेर जनतामा भ्रम छर्यो, धितोपत्र बोर्डले निषेध गरेका कार्यहरु गरेर बजारमा खेल्यो, तर यहाँ ठुलाहरुलाई कहाँ कानुन लाग्छ र ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: