×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले नक्कली नोटको कारखाना नै चलाएको खुलासा, १० बर्ष जेल जाने निश्चित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चर्चित चलचित्र लुटका निर्माता माधव वाग्लेले नक्कली नोट छाप्ने कारखाना नै चलाउने गरेको खुलासा भएको छ । वाग्लले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत बजारमा सप्लाई गर्ने गरेको खबर प्रहरीले पुष्टि गरेपछि यस्तो खुलासा भएको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले लुटका निर्माता वाग्लेसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, महेन्द्र बोगटी र विकेश नापित रहेका छन् ।
मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुमधुर क्याफेमा वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान छिरेका थिए । खाजा बापत उनले तिरेको पैसा नक्कली भएको आशंकामा खाजा घरका सञ्चालक महानगरीय प्रहरी प्रभाग गोंगबु पुगेपछि फिल्म निर्माताको नक्कली नोट छाप्ने धन्दाबारे खबर सार्वजनिक भएको हो । बुधवार बिहान प्रहरी टोली माधवराज वाग्लेको कोठामा पुगेको थियो । काठमाडौं महानगरपालिका–१ चारढुंगेस्थित वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली रुपैयाँ बरामद गरेको छ ।
‘महेन्द्र बोगटीलाई खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली रुपैयाँ बरामद भयो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘फिल्म निर्माता माधवराज वाग्लेले काठमाडौंका भोलेबाबा र नवज्योती प्रिन्टिङ प्रेसमा यसरी नक्कली रुपैयाँ छाप्न दिएको खुल्न आएको छ ।’
वाग्लेका कर्मचारीहरुले सक्कली रुपैयाँमा मिसाएर, होटल रेष्टुरेण्टमा, लागु औषध कारोबारी र यौनकर्मीहरुमार्फत नक्कली रुपैयाँ बजार पठाउने गरेको काठमाडौं प्रहरीले जनाएको छ । वाग्लले उक्त नक्कली रुपैयाँ ‘फिल्म निर्माणको प्रायोजनार्थ’ छाप्न लगाएको प्रतिक्रिया दिएका छन् । कानुन अनुसार अव उनी जेल जाने निश्चित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: