×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लुम्बिनी जनरले गर्यो प्रगति, खुद नाफामा २४.६३% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेश्रो त्रैमर्सिकमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनीले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकासन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४.६३% ले धेरै हो । यो त्रैमाससम्म कम्पनीले ५४ करोड ९७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । 
यता, पुनर्बिमा कमिसनबाट ८ करोड ५१ लाख रुपैयाँ आम्दानी भएको छ । यस अवधिसम्म लुम्बिनीले ३९ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ४५ करोड १९ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी जनरलको चुक्ता पुँजी ८८ करोड रुपैयाँ पुगेको छ । पुँजी गत वर्ष भन्दा १२५.६४% धेरै हो । रिजर्भ कोषमा भने १० करोड ७३ लाख रुपैयाँ मात्र छ । कम्पनीको बिमा कोषमा ३९ करोड ८४ रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २१.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.४५ रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: