×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दोश्रो एपेक्स’ बन्ने लाइनमा लुम्बिनी बिकास बैंक ! घोटाला प्रकरण बाहिरिएपछि ‘हाइ-प्रोफाइल’हरुको भागाभाग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एपेक्स घोटाला प्रकरण अहिले चर्चामा छ । करिव डेढ बर्ष अघि पहिलो पटक नेपाली मिडियामा अर्थ सरोकार डटकमले ब्रेक गरेको उक्त प्रकरण अहिले सबैतिर चर्चाको विषय बनेको छ । त्यतिबेला नै अर्थ सरोकार डटकमले खोलाको जग्गा बेचेर करोडौंको घोटाला भएको खबर ब्रेक गरेको थियो । तर सम्बन्धित निकायले त्यसलाई सिरियसली लिएको थिएन । पछि एनसीसीसँग मर्ज भएपछी एपेक्सका एक-एक कर्तुत सार्वजनिक भए । र अन्तत अहिले १४८ जना विरुद्ध अदालतमा मुद्धा चलाइएको छ ।
यसैबीच लुम्बिनी बिकास बैंक ‘दोश्रो एपेक्स’ बन्ने लाइनमा छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । लुम्बिनी बिकास बैंकभित्र भएका करोडौंको घोटाला सार्वजनिक भएपछी अहिले भीआइपीहरुको भागाभाग छ । बैंकभित्रको घोटाला बाहिरिएपछि बैंकका सीइओ झलक खनालले राजीनामा दिएर आफु जोगिने प्रयास गरेका छन् । बैंकको घोटालामा संलग्नहरु केहि विदेश भाग्ने तयारीमा रहेको स्रोत बताउँछ । यसरी लुम्बिनी बिकास बैंकमा रहेको जनताको ‘डिपोजिट’ त जोखिममा परेको छ नै बारम्बार यसरी विभिन्न बैंकका घोटाला प्रकरण बाहिरिनुले नेपाली बैंकिङ क्षेत्रमा कतिसम्म मनपरी चलेको रहेछ भन्ने पनि पुष्टी हुन्छ । 
भएको के हो ? 
केहि समय अगाडी राष्ट्र बैंकको विशेष इन्सपेक्सन टोलीले छापा मार्दा बैंकभित्र ठुलो घोटाला फेला पारेको थियो । इन्सपेक्सनका क्रममा तत्कालीन भिबोर बिकास बैंकको नाममा रहेको अरवौं रुपैयाँको घरजग्गा सो बैंकका अध्यक्ष अजय घिमिरेले कौडीको भाउमा बेचेको खुलासा भएको हो । तत्कालीन सीइओको नजिकको सम्बन्ध रहेका घरजग्गा व्यवसायी सहदेव कक्षपतिसँगको मिलेमतोमा सो घरजग्गा कौडीको भाउमा बेचिएको रहस्य बाहिर आएसँगै अव एपेक्स बैंककै शैलीमा केहि बैंकर र व्यवसायी जेल जाने संकेत देखिएको छ । राष्ट्र बैंकको विशेष टोलीली गरेको निरीक्षणका क्रममा तत्कालीन भिबोर बैंक र भिबोर प्रर्पटीको नाउँमा रहेको अर्बों रुपैयाँ बराबरको जग्गा घिमिरे र कक्षपतिले मोहन मानन्धर र विजय बहादुर राजभण्डारीले कौडीको भाउमा बेचेर लुट गरेको तथ्य फेला परेका थिए । बैंकका तत्कालीन सीइओले विभिन्न व्यवसायीको मिलेमतोमा अरवौंको उक्त जग्गा आकृति हाउजिङ नामक कम्पनीलाई बेचेको तथ्य राष्ट्र बैंकको टोलीले फेला पारेको छ । यता बैंकले त्यतिबेला सीइओ र जग्गा व्यवसायीको मिलेमतोमा ललितपुरको बुङमतीको जग्गा, चोभारमा रहेको जग्गा, लगायतका जग्गा करोडौं घाटा खाएर विक्री भएको समेत फेला परेको छ ।
अर्थमन्त्रीको ठाडो निदेशनपछि भीआइपीहरुको भागाभाग 
यसो त भिबोर बिकास बैंकमा भएको यो प्रकरणमा चिरन्जीवी नेपालले खासै चासो नदेखाएपछी अर्थमन्त्री आफैंले हस्तक्षेपकारी भूमिका खेलेका छन् । उनले राष्ट्र बैंकमार्फत भिबोरका कागजातहरु मागेर यस विषयमा खोजी गरेपछि बैंकमा अन्य तथ्यहरु पत्ता लगाउन राष्ट्र बैंकको इन्सपेक्सन टोली पठाउन निर्देशन दिएका थिए । गभर्नरकै आडमा मनपरी गर्न पल्किएको आरोप लागेका बैंकका संचालकहरु अर्थमन्त्रीको ठाडो निर्देशन आएपछि आत्तिएका छन् । यस विषयमा पनि अव के गर्ने भन्ने कुरा संचालक समितिमा पटक पटक उठिरहेको छ भने अनौपचारिक रुपमा पनि घोटालामा संलग्नहरु अव के गर्ने भनेर पटक पटक छलफल गरिरहेका छन् । 
यसैबीच घोटालामा संलग्नहरुको भागाभाग मच्चीएको छ । भिबोर बिकास बैंकको घोटाला बाहिर आउने भएपछी अहिले लुम्बिनीका सीइओले राजीनामा दिंदैछन् भने केहि संचालकहरुले घोटालामा संलग्न अन्य केहिलाइ पनि नेपाल छोड्न सुझाव दिन थालेका छन् । अहिले एपेक्स बैंक घोटाला प्रकरणमा ठुलो भूमिका खेलेका गोबिन्द प्रसाद उपाध्याय भागेर अमेरिकामा छन् । त्यसैको सिको गर्दै बैंकको घोटाला प्रकरणमा मुछिएका केहि विदेश भाग्ने तयारीमा रहेको स्रोतको दावी छ ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: