×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तत्कालीन भिबोर बिकास बैंक घोटाला प्रकरण : जेल जाने डरले सीइओ झलक प्रसाद खनालले दिए राजीनामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तत्कालीन भिबोर बिकास बैंकमा पनि ठुलो घोटाला भएको रहस्य बाहिर आएपछि अहिले उक्त बैंक मर्ज भएर बनेको लुम्बिनी बिकास बैंकका सीइओ झलक प्रसाद खनालले राजीनामा दिएका छन् । अर्थमन्त्री ठाडो निर्देशनमा उक्त बैंकमा भएको घोटालाबारे छानविन गर्नेगरी राष्ट्र बैंकको इन्सपेक्सन टोली बैंकमा छिरेर यसबारे अनुसन्धान गरेपछि तत्कालीन भिबोर बिकास बैंकको नाममा रहेको अरवौं रुपैयाँको घरजग्गा सो बैंकका अध्यक्ष अजय घिमिरेले कौडीको भाउमा बेचेको खुलासा भएको थियो । सो खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि चौतर्फी चर्चा भएको थियो । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै खनालले त्यतिबेला ‘सामान्य इन्सपेक्सन भएको हो, अरु केहि होइन’ भनेका थिए । तर घोटालाको विवरण सार्वजनिक नै भएपछी उनले आफु फस्ने डरले बैंकबाट राजीनामा दिएका छन् । तत्कालीन सीइओको नजिकको सम्बन्ध रहेका घरजग्गा व्यवसायी सहदेव कक्षपतिसँगको मिलेमतोमा सो घरजग्गा कौडीको भाउमा बेचिएको रहस्य बाहिर आएको थियो । 

गभर्नर चुप हुँदा अर्थमन्त्री आफैं तातेर बाहिर ल्याएका थिए घोटाला प्रकरण !
गभर्नर चुप लागेर यो प्रकरणलाइ सेलाउने प्रयास गरेपछि अर्थमन्त्री आफैंले यो प्रकरणमा चासो दिएका थिए । अर्थमन्त्री नै लागिपरेपछि यो प्रकरणमा आफु फस्ने पक्का भएपछि खनालले राजीनामा दिएको स्रोतको दावी छ ।राष्ट्र बैंकको विशेष टोलीली गरेको निरीक्षणका क्रममा तत्कालीन भिबोर बैंक र भिबोर प्रर्पटीको नाउँमा रहेको अर्बों रुपैयाँ बराबरको जग्गा घिमिरे र कक्षपतिले मोहन मानन्धर र विजय बहादुर राजभण्डारीले कौडीको भाउमा बेचेर लुट गरेको तथ्य फेला परेका थिए । बैंकका तत्कालीन सीइओले विभिन्न व्यवसायीको मिलेमतोमा अरवौंको उक्त जग्गा आकृति हाउजिङ नामक कम्पनीलाई बेचेको तथ्य राष्ट्र बैंकको टोलीले फेला पारेको छ । यता बैंकले त्यतिबेला सीइओ र जग्गा व्यवसायीको मिलेमतोमा ललितपुरको बुङमतीको जग्गा, चोभारमा रहेको जग्गा, लगायतका जग्गा करोडौं घाटा खाएर विक्री भएको समेत फेला परेको छ ।
यता जेठ ३ गते बसेको सञ्चालक समिति बैठकले खनालको राजीनामा स्वीकृत गरेको छ । शुक्रबारदेखि नै नायव सीइओ उमेश रेग्मीलाई कायम मुकायम सीइओको जिम्मेवारी दिइएको छ । नायब सीइओ उमेश रेग्मीलाई पनि बैंकको पद निल्नु न ओकल्नु भएको छ । नखाउँ बल्ल बल्ल पाएको सीइओ, खाउँ, फसीने डर । स्रोतका अनुसार खनाल भने अब बैंकिङ नै छोडेर विदेश भाग्ने तयारी गरिरहेका छन् । यता खनालले भने यसबारे केहि बोलेका छैनन् । हामीले समेत उनीसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 


यो पनि पढ्नुहोस् :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: