×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगाको ‘ल्यांगल्यांगे’ जागिर छोडेर मुक्तिनाथ गएका प्रद्युमन पोखरेल भए बैंकका सीइओ, २८ बर्ष लामो बैंकिङ अनुभव !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रद्युमन पोखरेल मुक्तिनाथ बिकास बैंकका सीइओ भएका छन् । संस्थापक सीइओ भरतराज ढकालको कार्यकाल सकिएपछि बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पोखरेललाई नियुक्ति दिइएको हो । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । उनले वाणिज्यशास्त्रमा मास्टर्स गरेका छन् । 
पौडेलले आफ्नो करियर नबिल बैंकबाट सुरु गरेका थिए । करिव १९ वर्ष उक्त बैंकको विभिन्न विभागमा काम गरेका उनी मेगा बैंक गएका थिए । तर मेगाको जागिर उनलाई फापेन । करिव ६ बर्ष त्यहाँ जागिर खाएपछि उनी बिकास बैंकतिर हानिए । त्यति बेला नै पनि नबिल र मेगामा अनुभव भएका व्यक्ति किन मुक्तिनाथ बिकास बैंक हानिए भन्ने प्रसङ्ग उठेको थियो । तर बैंक पनि राम्रो, पद पनि राम्रो पाएपछि उनले तत्कालीन समयमा निकै विवादित बनेको मेगा बैंकको ल्यांगल्यांगे जागिर छोडेर मुक्तिनाथ बिकास बैंक आएका थिए । 
यसो त उनले बीचमा मुक्तिनाथ बिकास बैंक छोड्ने चर्चा पनि सुनिएको थियो । तर भरतराज ढकालको कार्यकाल सकिएपछि उनलाई नै सीइओ बनाउने वातावरण बैंकमा सिर्जना भएपछी उनी मुक्तिनाथमै बसेका थिए । यता बैंकका अध्यक्ष खिम प्रकाश मल्लले प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा वीर अस्पतालको सरसफाईको लागि धुर्मुश सुन्तली फाउन्डेशनलाई १ लाख आर्थिक सहयोग गरेको जनाएका छन् ।
उनको कार्यकाल सफल रहोस्, हाम्रो पनि शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: