×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१५ लाख नदिएपछि कारागारमा नै कैदीको हत्या ! हेर्नुहोस् घटनाको बेलिविस्तारमा

काठमाडौँ – नख्खु कारागारभित्र एक जना कैदीको ज्यान गएको छ । बर्दिया घर भएका भक्तबहादुर सुनारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष ४ महिना जेल सजाय पूरा गरिसकेका सुनारको बैशाख २१ गते राति कारागारभित्रै ज्यान गएको हो ।
प्रहरीले बैशाख २२ गते विहान भक्तबहादुर विरामी भएको भन्दै आफन्तलाई खबर गरेको थियो । उपचारको लागि भन्दै पाटन अस्पतालमा लगियो । अस्पतालले मृत घोषणा गर्यो । आफन्तले सोध्दा ज्वरो आएको प्रहरीले बताएपनि शरीरका विभिन्न ठाउँहरुमा निल डाम देखिएपछि शंका पैदा भएको थियो ।
परिवारले लास बुझ्न नमानेपछि प्रहरीले आफैले पोष्टमार्टमको लागि भन्दै भक्तबहादुरको शव शिक्षण अस्पताल लग्यो । भक्तबहादुरका दाजु रामबहादुर सुनारले प्रहरीले जेलभित्रै यातना दिएर हत्या गरेको बताउँछन् । छानविनको लागि भन्दै परिवारले शव बुझ्न मानेका छैनन् ।
यसैबीच भक्तबहादुर सुनाले गृहमन्त्री रामबहादुर थापालाई लेखेको पत्र भेटिएको छ । भेट्न गएका आफन्तमार्फत बाहिर पठाएको पत्र गृहमन्त्रीलाई नपुग्दै उनको ज्यान गयो ।
पत्रमा भक्तबहादुरले आफूसँग कारागारका चौकीदार बुद्ध गुरुङ र जेलरले १५ लाख मागेको नदिए मारिदिने धम्की दिएको उल्लेख गरेका छन् । उनले आफूले सजाय भुक्तान गरीसक्दा पनि आफूसँग १५ लाख दिएमात्रै छोड्न नत्र भित्रै मारिदिने धम्की दिएको भन्दै न्यायको लागि गृहमन्त्री बादललाई पत्र लेखेका छन् । पत्र कुन मितिमा लेखेका हुन भन्ने कुरा नखुलाएपनि गृहमन्त्री बादल कारागार अवलोकनमा जाँदा आफूहरुलाई भेट्न नदिएको पत्रमा उल्लेख छ ।
पत्रमा भक्तबहादुरले आफूलाई पैसा नदिएको भन्दै निकै यातना दिइरहेको उल्लेख गर्दै यसअघि एक कैदीले पैसा नदिएकै कारण कुटीकुटी हत्या गरेको समेत उल्लेख गरेका छन् । उनले जेलभित्र भइरहेका कर्तुतबारे विस्तारमा लेखेका छन् ।

यस्तो छ पत्र 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: