×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकका प्रवक्ताले गरे ‘कुतर्क’ : अयोग्य सीइओबारे भन्छन्, ‘ऐनमा ‘वा’ लेख्न छुटेछ, अनुभव भएपछि माष्टर्स चाहिन्न’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सांग्रिला डेभलोपमेन्ट बैंकका सीइओ राजेन्द्र प्रसाद पौडेलको योग्यता अपुग भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अहिले यो विषय नेपाली बैंकिङ क्षेत्रमा टक अफ द टाउन भएको छ । तर यो विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले भने उल्टै ऐनमा ‘वा’ लेख्न छुटेपनि सम्बन्धित क्षेत्रमा १० बर्षको भन्दा बढी अनुभव भएकालाइ मास्टर्स नचाहिने दावी गरेका छन् । उनले ऐनमा दुईवटा नियमको बीचमा ‘वा’ लेख्न छुटेको भन्दै सांग्रीलाका सीइओको बचावट गर्ने प्रयास गरेका छन् ।
यस विषयमा बुझ्न हामीले प्रवक्ता पौडेललाई फोन गर्दा सुरुमा उनले उल्टै हामीलाई तपाईंले कहाँ पढ्नुभएको त्यस्तो नियम भनेर प्रतिप्रश्न गरे । हामीले राष्ट्र बैंकको निर्देशनलाई ‘कोट’ गरेपछि उनले भने, ‘तपाईंले उठाउनुभएको कुरा सत्य हो । तर त्यहाँ ‘वा’ लेख्न छुटेको हो । कार्यकारी प्रमुखको योग्यता तथा कार्य अनुभवमा हुनु पर्ने चाहिं ‘अ’ र ‘आ’ बीचमा ‘वा’ थियो, त्यहाँ त्रुटी भएको हो । माष्टर्स पास पनि गरेको अनि बैंकमा १० बर्ष पनि अनुभव भएको चाहिने हो भने त कति नै योग्य हुन्छन् र ?’

यद्यपी अहिले नेपालमा भएका सीइओहरुमध्ये सांग्रीलामा बाहेक सबै ठाउँका सीइओहरु नियम अनुसार नै १० बर्षको अनुभव पनि पुगेका र माष्टर्स पनि पास गरेका छन् । यस ‘वा’को विषयमा नेपाल राष्ट्र बैंक यस अघि केहि पनि बोलेको पनि थिएन । कानुनको कुरा भएपछी बोल्ने कुरा पनि भएन । तर आफ्ना मित्र राजेन्द्र पौडेलकै केस आएपछि प्रवक्ता पौडेल यसरी प्रस्तुत हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ कतै न कतै सांग्रीलाका सीइओलाइ बचाउन राष्ट्र बैंककै केहि अधिकारीहरुको मिलेमतो छ भन्ने बुझ्न गाह्रो छैन । 

यद्यपी नेपालको प्रचलित कानुन अनुसार कानुनमा वा अथवा कमाले ठुलो असर गर्नेगर्छ ।  यस विषयमा सोध्दा प्रवक्ता पौडेलले भने, ‘त्यो ‘वा’ छुटेकै हो, तर हामीले पनि कानुन बुझ्दा त्यो ‘वा’ नै हो । प्रवक्ता पौडेल र सांग्रीलाका सिइओ निकटका मित्र मानिन्छन् । अझ खास कुरा त के छ भने सांग्रीलाका सीइओलाई योग्यता नपुगेको भन्दै राष्ट्र बैंकले नै पत्र काटेको थियो । अहिले उनको योग्यताको कुरा उठेपछि राष्ट्र बैंकका प्रवक्ताले नै उनलाई बचावट गरेका हुन् ।  यदी प्रवक्ता पौडेलले भनेजस्तै मास्टर्स नचाहिने हो भने धेरै बैंकरहरुलाई राहत हुनेछ । यदी पौडेलले भनेजस्तै हुने हो भने त जो को एमबीए गरेको भोलिपल्ट नै सीइओ हुन योग्य हुनेछ । यो हुनै नसक्ने कुरा भएको बजारमा रहेका अधिकांस बैंकका सीइओको तर्क छ ।

‘आफ्ना साथीको इस्यु आएपछिचाहिं यस्तो जे पाए त्यहि कुरा गरेर हुन्छ । त्यसो भए के अव एमबीए गरेको भोलिपल्ट कुनै मान्छे सीइओ हुन योग्य भयो त ? नारायण पौडेलनै बायस देखिए यो केसमा !’ एक वाणिज्य बैंकका सीइओले अर्थ सरोकार डटकमसँग भने ।    

यस्तो छ नियम : 
कानुन व्यवसायी भन्छन् : ‘त्यसरी छुट्यो भन्न मिल्दैन, छुटेपछि कानुन नै अर्को भयो नि !’
यता हामीले यस विषयमा कानुन व्यवसायीहरुलाई पनि सोधेका थियौं । कानुन व्यवसायी केके लामिछाने हामीसँग कानुनमा एउटा वा अथवा कमाले ठुलो असर गर्ने बताएका छन् । ‘झुक्कीएछ, छुटेछ भन्न त मिल्दै मिल्दैन नि ! कानुनको अपव्याख्या गर्न कसैले पनि पाउँदैन, कानुन भनेको अक्षरस पालना गर्नुपर्छ ।’ यता उनले सीइओको योग्यताबारेको कानुनमा वा छुटेको भए थाहा पाउने बित्तिकै त्यसलाई किन ‘करेक्सन’ गरिएन त ? भन्ने प्रश्न पनि उठाएका छन् । ‘अरु बेला त्यो वा नभएका कारण अरुलाई टोकस्ने अनि अहिले वा हुनुपर्ने भएनछ तर कुरा त्यहि हो भन्ने अधिकार कसैलाई पनि छैन । ‘वा छुटेकै हो भनेपनि छुट्यो । अव त्यसले अर्कै अर्थ राख्छ । तपाईंले भने पछि मैले पनि त्यो कानुन हेरें । उक्त कानुनलाई विश्लेषण गर्दा अ र आ बुँदामा लेखिएको दुवै कुरा हुनुपर्छ ।’   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: