×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाज नै पचाएर राष्ट्र बैंकका प्रवक्ताले किन गर्दैछन् अयोग्य सीइओको बचावट ? अरुलाई ऐन पौडेललाई ‘चैन’ किन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सांग्रिला डेभलोपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजेन्द्र प्रसाद पौडेल सीइओ हुन अयोग्य रहेको खुलासा अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अहिले सीइओ पौडेलले आफुलाई बचाईदिन हारगुहार गरिरहेका छन् । । बैंक तथा वित्तीय संस्था ऐनमा स्पष्टसँग बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था भएपनि बैंकका सीइओ पौडेलले ब्याचलरमात्र पास गरेका छन् ।  यहि विषयमा समाचार सार्वजनिक भएपछी उनले आफु निकटका साथी नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल, केहि पत्रकार, र केहि राजनीतिककर्मीलाई समेत प्रयोग गरेर अर्थ सरोकार डटकममा प्रकाशित समाचार रोकाइदिन र आफ्नो जागिर बचाईदिन हारगुहार गरिरहेका छन् ।
सांग्रीलाका सीइओलाई बचाउन खोज्दा राष्ट्र बैंकका प्रवक्ताकै बेइज्जत !
यता सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ, सीइओ हुन  अयोग्य भएको समाचार सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उनको बचावट गरेका थिए । प्रवक्ता पौडेलले नियममा ‘वा’ लेख्न छुटेको कुतर्क गर्दै सांग्रीलाका सीइओको जागिर बचाउने प्रयास गरेका छन् । उनीहरु निकटका साथी मानिन्छन् । उनले बैंक तथा वित्तीय संस्था ऐनमा उल्लेख भएको सीइओको योग्यतामा भाषामा केहि अस्पष्टता भएको गलत तर्क दिंदै सीइओ बन्न अनुभव नभएको खण्डमा माष्टर्स चाहिने र १० बर्षको अनुभव भएको खण्डमा सीइओले माष्टर्स पास गरेको हुनु नपर्ने कुतर्क गरेका थिए । तर बाफियाले स्पष्टसँग मास्टर्स वा सो सरहको क्वालिफिकेसन हुनुपर्ने र कम्तीमा १० बर्ष सम्बन्धित क्षेत्रको अनुभव हुनुपर्ने नियम सीइओका लागि तोकेको छ । 
यो कुरा बुझेका सीइओ तथा अन्य बैंकरहरुले समेत राष्ट्र बैंकका प्रवक्ताले दिएको ‘माष्टर्स चाहिन्न’ भन्ने अभिव्यक्ति, हास्यास्पद, बाफियाको मर्म विपरित र राष्ट्र बैंकको प्रतिष्ठामा आँच आउने अभिव्यक्ति र अख्तियारीको दुरुपयोग भनेका छन् । उनले अर्थ सरोकार डटकमका सम्बाददातासँग कुराकानी गर्दै सांग्रीलाका सीइओको बचावट गर्नेगरी दिइएको अभिव्यक्तिले चौतर्फी रुपमा उनको आफ्नै बेइज्जत भएको चर्चा नेपाली बैंकिङ क्षेत्रमा छ । यसले आफ्ना मान्छेलाइ बचाउन राष्ट्र बैंकभित्रै बाट कतिसम्मको खेल हुँदो रहेछ भन्ने पनि स्पष्ट पारेको छ ।
अरुलाई ऐन पौडेललाई ‘चैन किन ?
राष्ट्र बैंकका प्रवक्ताले कुतर्क गरेको तथ्य कहाँ पनि पुष्टी हुन्छ भने राष्ट्र बैंकले तोकेकै विषयमा ब्याचलर सकेका र ३० बर्ष बढीको बैंकिङ अनुभव भएका एक बिकास बैंकका तत्कालीन सीइओलाई इन्सपेक्सन रिपोर्टमा सीइओको योग्यता नपुगेको उल्लेख गरिएको थियो । सोहि कारण उक्त बैंकबाट सीइओले राजीनामा समेत दिएका थिए ।  यस्तै अर्को एक क्षेत्रीय तहको विकास बैंकका सीइओपनि ब्याचलर र अनुभव भएपनि माष्टर्स हुनुपर्ने भएपछी बैंकको सीइओ पदबाट राजीनामा दिएका थिए । यदी अनुभव भएकालाई क्वालिफिकेसन नचाहिने भए किन उक्त बिकास बैंकको रिपोर्टमा सीइओलाइ अयोग्यताको बिल्ला भिराइयो त ?  ज्योतिका तत्कालीन सीइओलाइ नियम लाग्ने ? अनि सांग्रीलाका सीइओलाइ नियम नलाग्ने ? यो कहाँको कानुन हो ? प्रश्न जटिल छ । 
अर्कोतर्फ सांग्रीला बिकास बैंकमै पनि राष्ट्र बैंकको इन्सपेक्सन रिपोर्टमा सीइओको योग्यतामा प्रश्न उठाइएको थियो । पछि नारायण पौडेलकै मिलेमतोमा रिपोर्टबाट उक्त अंश हटाइएको स्रोतको दावी छ । राष्ट्र बैंकका प्रवक्ताको कुतर्क कहाँ पनि पुष्टी हुन्छ भने राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्था (लघुवित्त)को हकमा सीइओको योग्यता ब्याचलर कायम गरिएको छ भनेर समेत सर्कुलर जारी गरेको छ । सबैलाई ब्याचलर चाहिने हो भने उक्त सर्कुलर किन जारी गरियो त ? उत्तर स्पष्ट छ, ‘बाँकी कुरा केहि होइन, नारायण पौडेलले राजेन्द्र प्रसाद पौडेललाई बचाउन लागि परेका छन्, त्यो पनि कानुनको अपव्याख्या गरेर ।’  
हेर्नुहोस् बाफियामा भएको नियम जस्ताको त्यस्तै :
यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: