×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसुरमा एनसीसी बैंकमा कार्यरत ३ कर्मचारी पक्राउ ! साक्षी नै नराखी कर्जा प्रवाह गरिएको खुलासा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सुर्खेतले एनसीसी बैंकमा कार्यरत तीन जना कर्मचारी पक्राउ गरेको छ । तत्कालिन एपेक्स बैंक शाखा कार्यालय सुर्खेतमा कार्यरत ३ जना कर्मचारीहरुलाई आर्थिक वित्तिय अनुशासन उलंघन गरी बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राष्ट्र बैंकको छानबिनबाट उनीहरु दोषी ठहर भएका थिए । 
प्रहरीका अनुसार उनीहरूले बैंकबाट अनियमित तबरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् । उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेकोसमेत खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: