×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बन्द ‘फिबर’ : शनिबार राती बाँकेमा एनसेलको टावरसमेत जलाइए, जेनेरेटरमाथि क्षति, यसो भन्छ प्रहरी !

  • अर्थ सरोकार सम्बाददाता 
बाँके- एनसेलको टावरमाथि पुन: आक्रमण भएको छ । बाँकेको खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ मा रहेको एलसेलको टावरमा शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार आगजनीका कारण टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षती पुगेको छ । 
टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कुनैपनि समूहले घटनाको जिम्मा लिएको छैन । यद्यपी आइतबार नेपाल बन्दको आह्वान गरिएको र केहि समय अघिदेखि पनि विप्लव नेतृत्वको नेकपाले आगजनी गरिरहेका हुनाले प्रहरीको शंका नेकपाका कार्यकर्ताहरुमाथि नै छ ।
‘अनुसन्धान जारी छ । अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन, घटनामा सग्लनहरुको खोजी कार्य गरिरहेका छौं ।’ उनले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: