×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धादिङमा भारतीय नम्बर प्लेटको गाली जलाइयो, प्रहरीले आगो निभाउन नसकेपछि काठमाडौँबाट पुग्यो दमकल !

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ – नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ । धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका हुन्। 
प्रहरीले दिएको जानकारी अनुसार साढे २ बजेतिर २० चक्के ट्रकमा आगजनी भएको हो । आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । 
अझ खास कुरा त के छ भने नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौँबाट दमकल लागिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: