×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीइओको योग्यता प्रकरण : आफ्ना साथीको जागिर ‘चट्’ हुने भएपछि जंगीए राष्ट्र बैंकका प्रवक्ता ! (अडियो रेकर्डसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ राजेन्द्र प्रसाद पौडेलको योग्यता सीइओ बन्नका लागि अपुग भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनका निकै नै नजिकका व्यक्ति मानिएका नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उनको बचावट गर्ने प्रयास गरेका छन् । यतिसम्मकि राष्ट्र बैंकको प्रवक्ता भएर उनले पत्रकारसँग सात्तोनै लिने गरी ठाडो भाषा प्रयोग गर्दै अयोग्य सीइओको बचावट गरेका छन् । 
कानुनमा ‘वा’, ‘अथवा’ जस्ता शब्दहरुले ठुलो अर्थ राख्ने भएपनि प्रवक्ता पौडेलले यसलाई सामान्य त्रुटी भन्दै अयोग्य सीइओको बचावट गरेका हुन् । अर्थ सरोकार डटकमका सम्बाददातासँग टेलिफोनमा कुरा गर्दै उनले यतिसम्म भन्न भ्याएका छन् कि, ‘त्यहाँ ‘वा’ छैन तर त्यो ‘वा’ नै हो । साथै उनले राष्ट्र बैंकको नियम अनुसार योग्य भएका कुनै पनि सीइओ नभेटिने दावी गरेका छन् । जवकी सांग्रीलाका सीइओ राजेन्द्र प्रसाद पौडेलबाहेक अन्य बैंकका सबै सीइओ नियम अनुसार नै योग्य छन् ।
बाँकी उनीसँगको यो अडियो सम्बादमा सुन्नुहोस् ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: