×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ओली मोदीका दास रहेछन् भन्ने प्रमाणित भयो, सिधै जनकपुरमा मोदीलाई स्वागत गरेर मधेश छुट्टै हो भन्ने भ्रम छरियो’

  • पिताम्बर पोख्रेल 
बैशाख ३० गतेको बन्दको अर्थ र महत्वका विशयमा केही विश्लेषण गर्नुपर्ने देखियो । यस बन्दका पछि नेपालका प्रधानमन्त्री केपी ओली र राष्ट्रघाती अरुण तेस्रो शिलान्यास, भारतीय सेनाको परेडजस्ता केही विषयमा बहस गर्नुपर्ने हुन्छ । 
एकीकृत महाकाली सन्धिबाट राश्ट्रघाती छवि बनाएका खड्क बहादुर ओली प्रथम पटक प्रधानमन्त्री बन्दा भारतले लगाएको नाकाबन्दीको बिरुद्ध क्षणिक अडान लिएकाले आफुलाइ राष्ट्रवादि नेता भनाउन सफल भएका थिए । त्यहि आधारमा उनको पार्टी एमालेले गत निर्वचनमा पहिलो स्थान हात पार्दै केपी ओली दोस्रो पटक प्रधानमन्त्री भए । यद्यपि केपि ओली राष्ट्रवादि हुन या खोक्रो राष्ट्रवादी हुन् भन्ने विषयमा थुप्रै मत मतान्तर थिए ।
तर अहिलेको मोदिको नेपाल भ्रमण का बेला भने ओलिको राश्ट्रवादको खोल पुरै उदाङ्गो भएको छ । जब प्रम ओली भारत भ्रमणमा गए, उनको बाहिरी आवरणको राष्ट्रवादमा पूरै १८० डिगृको बदलाव आयो । उनी मोदि सामु पुरै लम्पसार परेछन् र मोदिका सबै उत्कण्ठाहरुलाइ पूरा गर्ने बाचा सहित नेपाल फर्केका रहेछन भन्ने पुष्टि भयो । ओलीले नरेन्द्र मोदिलाइ सिधै जनकपुरमा स्वागत गरेर देश र मधेस अलग भएको जस्तो भान मात्र पारेका छैनन, कथित सुरक्षाका नाममा भरतीय सेनालाइ नेपाली माटोमा परेड खेलाएर नेपालको राष्ट्रियता, स्वाधिनता माथि अक्ष्यम्य अपराध गरेका छन् । यति मात्र होइन नेपाली सेना प्रहरीले एउट पाहुनाको सुरक्षा गर्न सक्दैन भन्ने निरिहताको सन्देश दिएका छन, जुन राष्ट्रकै लागि लज्जाको विषय हो । 
यध्यपी भारतीय साम्राज्यवादलेआफ्नो हस्तक्षेप बढाउन उसको सेना यहाँ छिराउन चाहन्छ, के यो सबै केपिओलीको सल्लाह बिनै भएको छ र ? अवश्य छैन । यसले केपि ओली मोदिकै सेवकको रुपमा काम गर्दैछन् भन्ने कुराको पुष्टि गर्दछ । मोदिको नेपाल भ्रमणकै क्रममा अरुण तेस्रो भारतिय कम्पनी जिएमआरलाई दिनेगरी शिलान्यास भयो । २५ वर्षको लागि भनिएको भए पनि यो सम्झौतामा सधैको लागि भारतलाई रुण तेस्रो जिम्मा लगाएका प्रावधानहरु छन् । 
यसरी नेपालका नदी नाला बेचेर खाने कार्य घोर राष्ट्रविरोधी काम हो । यसको जति भर्त्सना नगरे पनि कम नै हुन्छ । त्यस्तै नेपालका सास्कृतिक धरोहर माथी भारतको हस्तक्षेप पहिलेदेखि नै हुँदै आएको छ । त्यसमाथि ओली सरकारले जनकपुरको जानकि मन्दिरको साचो पनि मोदिलाइ बुझाएको छ । यसले ओली मोदिकै दास हुन भन्ने कुराको पुष्टि गर्दछ । यी त केही देखियका उदाहरण हरु मात्र हुन । भित्र मेहफिलमा के के किन बेच भएको छ: ति कुरा पनि बिस्तारै खुल्दै जालान् । तर हामीले भन्दै आएको ओली भारतिय दलाल हुन भन्ने दावि भने छर्लंगै पुष्टी भएको छ । 
नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारको यो हरकत बिरुद्ध ३० गते नेपाल बन्द गर्यो । यो बन्दको कारण मुलत: माथि उल्लेखित राष्ट्रघाती कार्य नै हुन् यध्यपि यो बन्दका केही साइड इफेक्टलाई पनि नजर अन्दाज गर्न सकिन्न, तर हामिले कहाँ नेर गम्भीर हुनुपर्छ भने राष्ट्र सबै भन्दा महत्वपुर्ण कुरा हो । जव राज्यमाथि विदेशी हमला हुन्छ, देशका प्रधानमन्त्री नै त्यो हमला बोलाउने दलाल बन्न थाल्छन्, त्यस्तो बेला जनताको तहबाट, या भनौ एउटा देशप्रेमी राजनितिक दलले प्रतिकार गर्नैपर्छ । देश र जनताक खातिर कुनै न कुनै रिस्क त लिनै पर्छ । त्यो रिस्क अहिले बिप्लव नेतृर्वको नेकपाले लियो । र आम नेपाली जनतालाई ओली सरकारको उक्त राष्ट्रघाती कामविरुद्ध नेपाल बन्द गर्न अपिल गर्यो । देश प्रतिको जनताको अगाध माया र दायित्व बुलन्द रुपमै व्यक्त भयो । देश बेच्न तम्सिने दलाल शासकका विरुद्ध जनताले बम पड्काउने सम्मका साहसिक कार्य गरे । 
नेपाली जनताको यो आँटलाई सलाम गर्नैपर्छ । देशकै भविष्यमाथि कसैले औला उठाउन खोज्छ या उठाउछ भने त्यो बेला राष्टको रक्षा गर्ने जिम्मेवारी जनताको काधमा आउँछ । अहिलेको यो सङ्घर्स यहि भावनाको प्रतिनिधित्व हो । नेपाल कम्युनिष्ट पार्टिले जुन यो ऐतिहासिक साहस गर्‍यो, त्यसलाइ सबै जनताले कदर गर्नैपर्छ । राष्ट्रियताको विषयमा पार्टीगत रुपमा रुपमा सोच्ने भन्दा पनि जनताकै तहबाट सोच्नुपर्दछ । आज गरिएको ने नेपाल बन्द छिटफुट नोक्सानीबाहेक समग्रमा देशको भविष्यको लागि देशको भविश्यको लागि अत्यन्तै महत्वपूर्ण संघर्ष हो । यसले के पुष्टि पनि गरेको छ भने, अरुण लगायतका नदिनालाहरु बेच्न दिइने छैन । अरुण तेस्रो परियोजना जनताको तहबाट खारेज गरिनेछ । ओलीको राष्ट्रघात र भारतीय हस्तक्षेप विरुद्ध सबै जनता एक भएर लाग्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: