×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१२ बर्षमा केपी ओलीले कति सम्पति कमाए ? कति ऋण तिरे ? यस्तो थियो १२ बर्ष अघि प्रधानमन्त्री ओलीको सम्पत्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अहिले विभिन्न नेताहरुको सम्पत्ति विवरण चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण पनि सार्वजनिक भइसकेको छ । ओलीको घरजग्गा तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा देखाइएको छ । सार्वजनिक भएको ओलीको सम्पत्ति विवरणअनुसार ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ । यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि छ । उनकि श्रीमती राधिका शाक्यकै नामा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको, र ओलीको फ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 
१२ बर्ष अघि थियो ओलीको यति सम्पत्ति !
आजभन्दा १२ बर्षअघि पनि उपप्रधानमन्त्रीका हैसियतले केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका थिए । विवरण अनुसार उनको बैँकमा तत्कालीन समयमा ६४ हजार रुपैयाँ मात्रै नगद थियो । तर त्यो बेलाको सम्पत्ति विवरण अनुसार उनी ऋणमै रहेछन् । १२ बर्ष अघि उपप्रधानमन्त्री हुँदा उनको १६ लाख रुपैयाँ ऋण थियो । अहिलेको विवरण अनुसार भने उनको ऋण छैन । बैंकमा ५२ लाख रुपैयाँ छ । यसअलावा उनीसंग त्यतिबेला भक्तपुर बालकोट वडा नं.४ मा एक रोपनी जग्गाभित्र बनेको साढे दुई तले पक्की घर रहेछ । पछी ओलीले तल्ला थपेको देखिएको छ । झापा पृथ्वीनगर गाविस वडा नं.९ मा १० कठ्ठा जग्गा थियो ओलीको । १२ बर्ष अघि ओलीले करिब सात तोलाको सुनका गहना भएको विवरण उल्लेख गरेका छन् । अहिले १८ तोला सुन भन्ने विवरण छ । अर्थात १२ बर्षमा झन्डै ८ तोला सुन जोडेछन् ओलीले । उ बेलामा पनि ओलीसंग एउटा निशान कार रहेछ । त्यतिबेला स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रू.५० हजार, नेपाल बङ्गलादेश बैङ्कमा करिब रू.छ हजार र राष्ट्रिय वाणिज्य बैङ्कमा रू.आठ हजार नगद रहेछ ओलीको । भक्तपुरको घर निर्माणका लागि एभरेष्ट बैङ्कको बानेश्वरसाखाबाट उनले तत्कालीन समयमा रू. १० लाख रुपैयाँ ऋण पनि लिएका रहेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: