मोदी काठमाडौँ झरेपछि यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला प्रयोग हुने सडक १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो मोदी काठमाडौँ अवतरण गरेपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाका एसएसपी उमेश रञ्जितकारले बताए ।

सर्वसाधारणले मोदी सवार सडकमा केही समय मात्र रोखिनुपर्ने बताउँदै कार्यक्रमस्थल पुगेपछि सडक खुल्दै जाने उनले जानकारी दिए । त्यसको लागि ट्राफिक व्यवस्था सम्पूर्ण रूपमा तयार भएको उनले बताए ।

Trending:

प्रकाशित : Thursday, May 10, 2018
,

recent

Popular Posts