×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरामा नक्कली अडिटरको बिगबिगी : पत्रिकामै बिज्ञापन छापेर हुन्छ यस्तो ‘गैरकानुनी’ धन्दा ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- पोखराको समाधान दैनिक, पोखरामा निकै चलेको पत्रिका । केहि समय अघि उक्त पत्रिकाको वर्गीकृत डिस्प्लेमा उएटा बिज्ञापन छापियो, ‘सबैभन्दा सस्तोमा बैंक ब्यालेन्स, प्रोपर्टी भ्यालुएसन, अडिट रिपोर्ट, इन्कम सोर्स, लोन फुकुवा, सिए रिपोर्ट र अन्य डकुमेन्टस्’हरु । जसमा फोन नम्बरसमेत दिइएको छ । नक्कली अडिटरहरुको यस्तो बिगबिगी पोखरामा निकै बढ्न थालेपनि नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था मौन छ । यसो त केहि समय अगाडी कान्तिपुरमै पनि यस्ता बिज्ञापन छापिन्थे । तर हामीले निरन्तर यो काम गैरकानुनी हो भन्ने समाचार प्रस्तुत गरेपछि अहिले काठमाडौँमा यसरी बिज्ञापन गर्ने चलन हराएको छ । तर आइक्यानको कमजोर उपस्थितिको फाइदा उठाएर पोखरामा यस्तो गैरकानुनी धन्दा चलिरहेको छ ।
राजन नाम गरेका व्यक्तिले चलाउँछन् यस्तो गैरकानुनी धन्दा !
पत्रिकामा यो बिज्ञापन देखेपछी हामीले दिइएको नम्बरमा फोन गर्यौं । यसअघि पनि यस्तै प्रकृतिको समाचार प्रकाशन गरेका हामीलाई उनले चिनिहाले र हामीसंग थप कुरा गर्न चाहेनन् । तर उनी निकटका केहिले दिएको जानकारी अनुसार उनले यसरी गैरकानुनी रुपमा बिज्ञापन छाप्ने र यस्तो गलत धन्दा गर्ने गरेका छन् । स्रोतका अनुसार उनलाई केहि सिए र केहि आरएहरुले यस्तो गलत काममा प्रसय दिइरहेका छन् । बिगत लामो समयदेखि यस्तो गैरकानुनी काम गरेको भएपनि उनलाई सम्बन्धित निकायले कुनै पनि कारवाही गर्न सकेको छैन । पटक पटक अनुगमनका नाममा विभिन्न कार्य गर्ने आइक्यानले यस्ता गैरकानुनी धन्दा चलाउनेहरुलाई भने कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
यसकारण गैरकानुनी हो यो काम !
नेपालमा लेखा व्यवसायको नियामक संस्था  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जारी गरेको कोद अफ इथिक्समा पत्रिकामा बिज्ञापन छापेर यस्तो काम गर्न नपाइने स्पष्ट उल्लेख छ । त्यसमाथि अडिट रिपोर्ट बनाउँछु भनेर बिज्ञापन गर्न त कुनै पनि हालतमा पाईदैन । यसअघि पनि यस्तो गर्ने केहीलाई आइक्यानले कारवाहीको दायरामा ल्याएको थियो र केहीलाई ल्याउन खोजेको थियो । तर नियामकको आँखा छलेर हुने यस्ता गैरकानुनी काम रोक्न आइक्यानले उचित कदम भने चाल्न सकेको छैन ।                   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: