×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानीमा बैंक प्रकरण : ‘नक्कली हस्ताक्षर गर्नेले गल्ती स्वीकारीसक्यो, प्रहरीले ‘नक्कली हो’ भनिसक्यो’, बैंक अझै चुप

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आफ्ना ग्राहकहरुलाई दु:ख दिनुको पनि सीमा हुन्छ । सानीमा बैंकले त्यो सीमा पनि नाघ्न थालेको छ । छिमेकी रेणुका खड्काले आफ्नो चेकबुक चोरी आफ्नो खाताबाट सबै पैसा चोर्दा पनि बैंकले थाहा नपाएपछि पीडीत बनेकी रेणुका दाहाल र उनको परिवार अहिले बैंकले गरेको व्यवहारबाट तनावमा छन् । यतिसम्म कि फरार रहेकी रेणुकालाइ प्रहरीले पक्राउ गरी केरकार गर्दा उनले आफुले नक्कली हस्ताक्षर गरेको हो भनी बयान दिएको र प्रहरीले समेत हस्ताक्षर नक्कली हो भनिसकेको अवस्थामा बैंकले आफ्नो कर्तुत लुकाउन यो प्रकरणलाइ अझै लम्ब्याईरहेको परिवारको गुनासो छ ।
बिहिबार अर्थ सरोकारसँग सम्पर्कमा आएका पीडीत बिमला दुलालका छोराले प्रहरी र रेणुका खड्काले समेत हस्ताक्षर नक्कली हो भनिसकेको दावी गरेका छन् । ‘प्रहरीले पनि हस्ताक्षर नक्कली हो भनिसक्यो । रेणुका खड्काले पनि गल्ती स्वीकारीसक्नुभयो । तर बैंकले हुँदै नभएको विषयलाई लिएर बिज्ञप्ति निकालेछ । हामी एउटा केसमा परेका छौं, बैंकले बिज्ञप्ति अर्कै निकालेछ । बैंकले दादागिरी देखाईरहेको छ । मिडियाले सहयोग गरिदिनुपर्यो ।’
उनका अनुसार हस्ताक्षर नक्कली हो भन्ने प्रमाणित भइसक्दा पनि बैंकले कुनै चासो देखाएको छैन । ‘प्रहरीमा पुगेको केस हो । प्रहरीले हस्ताक्षर नमिलेको भन्ने भनिसक्यो । बैंकले वास्ता गरेको छैन । हामीलाई रेणुकाका श्रीमानले थर्काएका थर्काई छन् । अर्को पुलिस केस गर्नुपर्नेजस्तो भइसक्यो । बैंक यो हदसम्म झुर होला भन्ने सोचेका पनि थिएनौं ।’ उनले भने ।    
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: