×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नो कर्तुत सार्वजनिक भएपछि आत्तियो सानिमा बैंक, कमजोरी लुकाउन ‘झुट’को साहारा, गैर प्रसङ्गमा बिज्ञप्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्राहकको पैसा खाताबाट नै गायब भएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि र अन्य केहि मिडियाहरुले पनि यो विषयलाई चासोका साथ प्रकाशन / प्रशारण गरेपछि सानिमा बैंकले आफ्नो कर्तुत लुकाउने प्रयास गरेको छ । घटनाबाट पीडीत बनेकी बिमला दुलालसहित सानिमा बैंक पुगेको अर्थ सरोकार डटकम र एभिन्यूज टेलिभिजनको टोलीसँग बैंकका सूचना अधिकारी समेत रहेका तेज बहादुर चन्दले क्यामरामा बोल्न नमानी घटना लुकाउन खोजेका थिए । तर अर्थ सरोकार डटकमले निरन्तर फलोअप गरेपछि र एभिन्यूज टेलिभिजनले यो प्रकरणलाई प्राथमिकता दिएर प्रशारण गरेपछि सानिमा बैंकले प्रसङ्ग बेगरको बिज्ञप्ति निकालेर जनता झुक्याउने प्रयास गरेको छ ।  
प्रसङ्गबेगरको बिज्ञप्ति, यसरी लुकाईयो घटना !
बिमला दुलाल पीडीत हुन् । विभिन्न मिडियाले पनि उनको पीडाको बारेमा समाचार प्रकाशन / प्रशारण गरेको हो । तर बैंकले बिमला दुलाल पीडीत बनेको कुरा लुकाएर रेणुका खड्काका बारेमा बिज्ञप्तिमा बढी बोलेको छ । बिमला दुलालले आफ्नो व्यक्तिगत खाताबाट पैसा हराएको भन्दै पीडा पोखिरहेकी छिन भने बैंकले चेक बुक लिन अख्तियारी दिएको भन्दै गलत प्रसङ्ग उठाईरहेको छ । चेक बुक लिन कसैलाई अख्तियारी दिइन्छ भने उसलाई किर्ते हस्ताक्षर गर्ने अधिकार पनि हुन्छ भन्ने शैलीमा बैंकले आफ्नो कर्तुत लुकाउने प्रयास गरिरहेको छ ।
बैंकले रेणुका खड्कालाइ विभिन्न समयमा पैसा लिन र दिन पठाएको भन्ने उल्लेख गरेको छ । तर के पैसा लिन र दिन पठाएको मान्छेले नक्कली हस्ताक्षर गरेर खुरुखुरु पैसा निकाल्न मिल्छ ?  मानौं हाम्रो अफिसमा एक जना स्टाफ हुनुहुन्छ । हामी उहाँलाइ पैसा झिक्न र राख्न पठाउँछौं भने उहाँले हाम्रो हाकिमनै नक्कली हस्ताक्षर गरेर पैसा निकाल्न मिल्छ र ?  बैंकले यतिसम्म झुट बोलेको छ कि बैंकले एउटै कर्मचारीले पैसा नदिएको दावी गरेको छ । तर विमलाको खाताबाट पैसा झिकिएको देख्दा त्यस्तै देखिन्छ ।
बैंकले स्वीकारेको छ, ‘सीसीटिभी फुटेज हेर्दा अर्कैले पैसा लागेको छ । बैंकले उनलाई त्यतिबेला केहि भनेन । जव आफ्नो कर्तुत मिडियानै आउन थाल्यो तव भन्दैछ, ‘हामीकहाँ उजुरी परेको छैन ।’ पीडीत बिमला दुलाल हुन् । तर बैंकले आफ्नो बिज्ञप्तिमा अरु कसैको स्टेटमेन्टको विवरण भनेर जनताको आँखामा छारो हालेको छ । बैंकले अनुसन्धानमा आफुहरुले पूर्ण रुपमा सहयोग गरिरहेको छु भनिरहेको छ । तर बिमला दुलाललाइ आफ्नो कुरा राख्न र यसबारे बुझ्न पनि बैंकले दिइरहेको छैन । यो कस्तो अनुसन्धान हो ?    
बैंकले प्रेस रिलिज भन्दै एउटा तस्विर फेसबुकमा राखेको छ । उक्त तस्विर आफ्नो फेसबुकमा सेयर गर्न बैंकले कर्मचारीहरुलाई समेत मौखिक उर्दी जारी गरेको छ ।  तर प्रेस रिलिजमा न बैंकको छाप छ, न मिति । न कसैको हस्ताक्षर नै छ । यस्तो बिज्ञप्ति जारी गर्ने अधिकार बैंकलाई कसले दियो ?                

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: