×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ ट्रेनिङ र सिए कोचिङ चलाएर टाँट पल्टिएपछि लाखौँ ठगेर भागेका एसबीबीआरका सञ्चालकहरु कहाँ छन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै बेला बैंकिङ तालिम सञ्चालन गर्ने संस्थाहरुमा अगाडी नाम आउने एसबीबीआर बजार नबुझी सिए कोचीङ कक्षा पढाउने काममा हाम फाल्दा सञ्चालकहरुको दुर्गति भएको छ । केहि भेन्डरहरुको पैसा समेत नतिरी कम्पनीका सञ्चालकहरु आहिले गुमनाम जस्तै बनेका छन् । यतिसम्म कि तिर्नुपर्ने ठाउँका पैसा नतिरी अधिकांसलाई ठगेर कम्पनीका सञ्चालकहरु अहिले फरार अवस्थामा छन् । सुरुमा कुरै नबुझी बिज्ञापनका नाममा करोडौं खर्च गरेको यो संस्थाले पछी विद्यार्थीहरुलाई पढाउने शिक्षकको समेत पैसा तिर्न नसकेपछि संस्थाका फर्निचर लगायत अन्य केहि सामान र केहि विद्यार्थीहरु अर्को एक सिए इन्स्टिच्युटको जिम्मा लगाएर आफु सिए क्षेत्रबाट नै बाहिरिएको छ । यतिमात्र होइन पैसा तिर्न बाँकी भएकाहरुसँग सम्पर्कमा नरहने गरी कम्पनीका केहि उच्च तहका कर्मचारी र सञ्चालकहरु भागेका छन् ।
फुट्यो ! फुटेपछि सक्कियो एसबीबीआर !
एसबीबीआरले तत्कालीन अवस्थामा नेपाल सरकारका केहि उच्च पदस्त अधिकारीसमेत आफ्नो संस्थामा संलग्न रहेको बताएको थियो । अहिले ती कर्मचारीलाई एसबीबीआरबाट नै अलग भएको चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट नामक संस्थाले आफ्नो समूहमा रहेको बताउने गरेको छ । तत्कालीन अवस्थामा एसबीबीआरबाट फुटेर गणेश जोशीकाको नेतृत्वमा चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट नामक कम्पनी स्थापना भएको थियो । तत्कालीन एसबीबीआरले पैसा नतिरेपछि अनुज महत लगायतका कर्मचारीलाई पनि चैतन्यले आफुसँग लागेको थियो । तर यो बीचमा एसबीबीआर बन्द हुनुपर्ने अवस्थामा पुग्यो । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सम्बन्धन समेत लिएको एसबीबीआरका संचालकहरु अहिले फरार छन् ।
लाखौँ पैसा खाएर भागे एसबीबीआरका सञ्चालक र उच्च तहका कर्मचारीहरु !
यता एसबीबीआर आफ्नै हो भन्ने दावी गर्ने मन्जु भण्डारी अहिले अर्धभूमिगत अवस्थामा छिन् । उनकै नेतृत्वमा केहि क्लाइन्टसँग गरिएका करारको काम सकिएपनि रकम भुक्तानी भएको छैन । उनकै संयोजनमा तत्कालीन एसबीबीआर कर्मचारी अनुज महतले एक मिडियासँग गरेको करार वापतको काम सकिएपनि पैसा भुक्तानी भएको छैन । यस विषयमा मन्जु भण्डारीसँग पटक पटक सम्पर्क गर्दा उनले संस्था बन्द भइसकेकाले पैसा नदिने भन्दै दादागिरी देखाउने गरेकी थिइन् । अहिले त उनी पैसा तिर्न बाँकी सबैलाई फेसबुकमा ब्लक गरेर बसेकी छिन् । करार गर्ने अनुज महत त्यसपछी चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट गएका थिए । चैतन्यले पनि पैसा तिर्ने अवस्था नभएपछी उनले अन्त जागिर खोजेका थिए । अहिले उनी शिवम् सिमेन्टमा काम गर्छन् । शिवम् सिमेन्टमा पनि उनी विवादमा परिसकेका छन् ।

पूर्व मुख्य सचिवको नाम पनि जोडियो !
कुनै बेला नेपाल सरकारका पूर्व मुख्यसचिव बिमल कोइराला आफ्नो संस्थाको मुख्य मान्छे बताउने गरेको थियो एसबीबीआरले । एसबीबीआरकै कारण नेपाली बजारमा राम्रो छवि बनाएका विमल कोइराला पनि अहिले विवादमा छन् । उनी अहिले चैतन्यमा आवद्ध त छन्, तर धेरैले उनलाई ठग संस्था एसबीबीआरको मान्छे भन्ने गरेका छन् । यसो त चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट पनि एसबीबीआरकै लाइनमा रहेको धेरैको बुझाइ छ । चुडामणि शर्माको नाम बेचेर हाइलाइटमा आएको उक्त संस्था शर्मालाई कर काण्ड परेपछी अहिले समस्यामा छ । उक्त संस्थाले पनि शिक्षकहरुलाई समयमा पैसा नदिने, सेयर होल्डरहरुको वेवास्ता गर्ने, मिडियाको पैसा पच पार्ने लगायतका काम गरिरहेको आरोप लागेको छ । यस विषयमा तयार गरिएको थप अनुसन्धान सहितको विशेष सामग्री हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं । 
यता थुप्रै संस्था र व्यक्तिको लाखौँ रुपैयाँ ठगेर भागेको भएपनि प्रहरीमा भने संस्थाका नाममा कुनै पनि उजुरी नरहेको प्रहरीको भनाइ छ । यस विषयमा हामीले  तत्कालीन एसबीबीआरकि मन्जु भण्डारीसँग पटक पटक सम्पर्क गरेका थियौं । तर उनी अहिले सम्पर्क बाहिर छिन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले उक्त संस्थालाई सम्बन्धन दिएपनि आफुले कोचीङ चलाउनका लागि मात्र सम्बन्धन दिएको र बाँकि कुराहरुमा आफुहरुले केहि गर्न नक्सने भन्दै पन्छीरहेको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: