×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलोपमेन्ट बैंकका सीइओ ‘अयोग्य’ रहेको खुलासा ! प्रतिक्रिया माग्दा सीइओ पौडेलको उल्टै ठूलो स्वर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सांग्रिला डेभलोपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजेन्द्र प्रसाद पौडेल सीइओ हुन अयोग्य रहेपनि बैंकको सीइओको पदमा रहेको खुलासा भएको छ । बैंक तथा वित्तीय संस्था ऐनमा स्पष्टसँग बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था भएपनि बैंकका सीइओ पौडेलले माष्टर्स पास नगरेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेपछि यस्तो रहस्य खुलेको हो । यसो त यस विषयमा नेपाल राष्ट्र बैंकले बैंकलाई पत्र पनि पठाएको, र पछि राष्ट्र बैंककै केहि उच्च अधिकारीहरुको ‘सेटिङ’मा पौडेललाई बर्खास्त नगरिएको खुलासा भएको छ । बैंकको प्रमोटरसमेत रहेका उनी राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै पदमा बसेको रहस्यसमेत खुलेको छ ।
स्नातक पात्र पास गरेका पौडेल अझै पदमा, राष्ट्र बैंककै ‘सेटिङ’ ! 
सांग्रिलाका सीइओ पौडेलले ‘ब्याचलर’ मात्र पास गरेका छन् । बाफियामा बैंक तथा वित्तीय संस्थाको सीइओ हुन कम्तीमा स्नातकोत्तर उतिर्ण गरेको र १० बर्ष बैंकिङ अनुभव भएको हुनुपर्छ । उनको अनुभव १० बर्ष पुगेको भएपनि उनले मास्टर्स पास गरेका छैनन् । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो देखाएको थियो । तर राष्ट्र बैंकका उच्च अधिकारीसँगको सेटिङमा उनी अहिले पनि बदमै बसीरहेको खुलासा भएको हो । स्रोतले दिएको जानकारी अनुसार तत्कालीन राष्ट्र बैंकमा रहेका  एक कर्मचारी जो अहिले एक अर्को वाणिज्य बैंकमा कार्यरत छन्, र जसले तत्कालीन बागेश्वरी बैंक (हालको सांग्रिला) लाई लाइसेन्स दिएका थिए, उनलाई नै सांग्रिलाको अवको सीइओ बनाउने सर्तमा नेपाल राष्ट्र बैंकमा सेटिङ गरेर पौडेललाइ असार अन्तिमसम्म कुनै पनि कारवाही नगर्नेगरी गोप्य सहमति भएको छ । यसकै कारण पौडेल पदमा बस्न अयोग्य भएपनि हालसम्म पदमै छन् ।  पौडेलले सीइओ बनाउने बाचा गरेका ती व्यक्ति सिए हुन् भने उनले पनि मास्टर्स पास गरेका छैनन् । यसरी सरसर्ती हेर्दा सांग्रिलाले फेरी पनि अयोग्य सीइओ पाउने भएको छ भने राष्ट्र बैंकमा यस विषयमा सेटिङ भइसकेको छ । एक वाणिज्य बैंकले निकाल्न लागेपछि तीकर्मचारी  कर्मचारी सांग्रिलाको सीइओ बन्न मरिहत्ते गरिरहेका छन् भने राष्ट्र बैंकमा पौडेललाइ कारवाही नगर्न दलाली गरिरहेका छन् ।       
सीइओको उल्टै ठुलो श्वर, ‘माष्टर्स चाहिन्छ भन्ने कहाँ लेखेको छ ?’
यस विषयमा हामीले सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ राजेन्द्र पौडेलसँग बुझेका थियौं । उनले बैंकको सीइओ हुन माष्टर्स नचाहिने दावी गरे । ‘१० बर्षको अनुभव वा माष्टर्स चाहिने भन्ने हो । मेरो लामो अनुभव छ । बागेश्वरी बैंकदेखि म यहाँ प्रमोटरको रुपमा छु । यो मास्टर्स चाहिन्छ भन्ने कुरा के हो थाहा भएन, राष्ट्र बैंकलाई नै सोध्नुहोस् । मेरो हिसावले चाहिं मास्टर्स चाहिने नियम छैन ।’ आफ्नो अनुभवका बारेमा बजारमा सोध्न आग्रह गर्दै उनले भने, ‘म को हो, कति अनुभव छ भन्ने कुरा मैले भन्ने कुरा होइन, तपाईंले नै बजारमा बुझ्दा हुन्छ ।’ यता राष्ट्र बैंकका पधाधिकारीहरुले भने सीइओ बन्न अनिवार्य रुपमा माष्टर्स चाहिने नियम रहेको बताएका छन् । यस विषयमा प्रतिक्रिया लिन हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेललाइ फोन गरेका थियौं । तर उनको फोन अफ भएपछी हामीले नेपाल राष्ट्र बैंकका अन्य पधाधिकारीहरुलाई यस विषयमा सोधेका थियौं । ‘अव मिडियासँग आधिकारीक बोल्ने त नारायण जी हो, तर नियम चाहिं स्पष्ट रुपमा माष्टर्स नै चाहिने भन्ने हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । यता नेपाल राष्ट्र बैंकले जारी गरेको विभिन्न मितिका परिपत्रमा पनि स्पष्टसंग सीइओ हुन मास्टर्स पास हुनुपर्ने उल्लेख छ । 
हेर्नुहोस् बाफियामा भएको नियम जस्ताको त्यस्तै :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: