×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिबोर बैंक घोटाला प्रकरण : अरवौंको घोटालामा ब्रिटिश कलेज र एस इन्स्टिच्युट अफ मेनेजमेन्टको पनि मिलेमतो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भिबोर बिकास बैंक घोटाला प्रकरण बाहिरिएसँगै यससँग सम्बन्धित विभिन्न पक्षहरुबारे विभिन्न घटनाको पनि खुलासा भएको छ । अर्थमन्त्रीको ठाडो निर्देशनमा राष्ट्र बैंकले तत्कालीन भिबोर बिकास बैंकमा घोटाला भएको भन्दै लुम्बिनी बिकास बैंकमा छापा हानेपछि तत्कालीन भिबोर बिकास बैंकमा अरवौंको घोटाला भएको पत्ता लागेको हो । यसैबीच तत्कालीन भिबोर विकास बैंकको अर्बौं रुपैयाँ बराबरको घरजग्गा सो बैंकका अध्यक्ष अजय घिमिरे र घरजग्गा व्यवसायी सहदेव कक्षपतिले कौडीको भाउमा बेचेको र सो जग्गा किन्नेहरुमा काठमाडौँका दुइ चर्चित कलेजहरु पनि रहेको खुलासा भएको छ ।
कहाँ- कहाँको जग्गा कौडीको भाउमा किनबेच भए ? 
तत्कालीन भिबोर बैंक र भिबोर प्रर्पटीको नाउँमा रहेको अर्बों रुपैयाँ बराबरको जग्गा घिमिरे र कक्षपतिसहित मोहन मानन्धर र विजय बहादुर राजभण्डारीले कौडीको भाउमा बेचेको तथ्य राष्ट्र बैंकको इन्सपेक्सनमा फेला परेको छ । तत्कालीन भिबोरका अध्यक्ष घिमिरे, सीई ग्रुुपका विजय राजभण्डारी, मोहन बहादुर मानन्धर र कक्षपतिसहितका व्यक्तिहरु मिलेर भिबोर प्रपर्टीको नाउँमा रहेको जग्गा आकृति हाउजिङलाई बेचेका थिए । यसरी जग्गा बेच्दा करोडौंको चलखेल समेत भएको पत्ता लागेको छ । 
भिबोर प्रपर्टीले आकृति हाउजिङलाई जग्गा बेच्दा पैसा खाएको आन्तरिक सुराकी आएपछि अर्थमन्त्रीले सो विषयमा छानविन गर्न ठाडो आदेश दिएका हुन् । छानविनका क्रममा ललितपुरको बुङमतीको जग्गा करिव अढाइ करोड रुपैयाँ नोक्सानी हुुने गरी बेचिएको, चोभारमा रहेको जग्गा तीन करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेर बेचिएको पत्ता लागेको छ । स्रोतका अनुसार उक्त जग्गा करोडौंको चलखेल गरी एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई बिक्री गरिएको थियो । यो अजय कुँवरकै लगानीमा खुलेको कलेज हो ।  यस्तै कम्पनीका नाममा रहेको करिव १३० रोपनी जग्गा ब्रिटिश कलेजले किनेको थियो । उक्त जग्गा खरिद विक्री हुँदा करिव तीन करोड रुपैयाँको चलखेल भएको थियो । 
के भन्छन् लुम्बिनी बिकास बैंकका सीइओ र सम्बन्धित कलेजका मालिकहरु ?
यस विषयमा हामीले लुम्बिनी बिकास बैंकका सीइओ झलक प्रसाद खनाललाई सोधेका थियौं । उनले बाहिर हल्ला आएको जस्तो नभएको र राष्ट्र बैंकले सामान्य इन्सपेक्सनमात्र गरेको बताए । यता यस विषयमा बुझ्न् खोज्दा ब्रिटिश कलेजले कलेजका मालिकहरु विदेशमा रहेको जानकारी दिए । यता एस कलेज अफ मेनेजमेन्टका मालिक अजय घिमिरेलाई भने सम्पर्क हुन सकेन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: