×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियन लाइफको ५०% हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले ५०% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत माघ ७ गते सम्म सेयर डिम्याट गराएका सेयरधनीको हकप्रद खातामा जम्मा गरिदिएको जनाएको हो । एसियनले गत फागुन १३ देखि चैत १८ गतेसम्म ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
माघ ७ गते पछि सेयर डिम्याट गरेकाहरुको हकप्रद पनि खातामा जम्मा गर्ने तयारी भइरहेको एसियनले बताएको छ । यता, कम्पनीले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई तत्काल सेयर गर्न आग्रह गरको छ । अनिमात्र डिम्याट खातामा हकप्रद सेयर जम्मा हुनेछ । 
सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालयमा गएर डिम्याट गर्नुपर्नेछ । त्यसपछि हकप्रद सेयर खातामा जम्मा हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: