×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा फष्टाए ‘दले’ अडिटरहरु ! नियम विपरित रक्सी पसलहरुमा खुलेआम हुँदैछ अडिट सम्बन्धि यस्तो बिज्ञापन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा लेखाव्यवसायीहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अनुगमन समिति कतिसम्म निकम्मा छ भन्ने पछिल्लो उदाहरण भेटिएको छ । समितिले अनुगमनलाई तिब्रता नदिंदा र गलत काम गरेको भेटिएकाहरुलाई पनि कारवाही नगर्दा बजारमा खुलेआम यस्ता गलत धन्दाले प्रसय पाउन थालेका छन् । आइक्यानको नियम अनुसार लेखापरिक्षण गर्छौं भन्ने कुनै पनि खालका सार्वजनिक बिज्ञापन गर्न नपाइने भएपनि काठमाडौँका विभिन्न रक्सी पसलहरुमा खुलेआम रुपमै यस्ता बिज्ञापनहरु देखिन थालेका छन् ।
काठमाडौँमै यस्तो छ हाल !
माथिको तस्विर पेप्सीकोलामा रहेको प्रभु बैंक नजिकैको रक्सी पसलको हो । खुलेआम रुपमा फर्मको नाम, फोन नम्बर, दर्ता नम्बर र प्यान नम्बरसहित लेखापरिक्षण सम्बन्धि काम गरिने भन्दै गरिएको बिज्ञापन विभिन्न रक्सी पसलमा छापिएको छ । व्यापार गर्नेहरु, फर्म वा कम्पनी चलाउनेहरुको आवतजावत रक्सी पसलमा हुने भएकाले पनि रक्सी पसलमा यस्तो बिज्ञापन गरिएको बुझिएको छ । तर आइक्यानले यसअघि पनि यस्तो गलत काम गर्नेलाई कुनै पनि कारवाही नगरेकाले यस्तो गलत धन्दाले प्रसय पाईरहेको छ । अर्थ सरोकार डटकमले यसअघि पनि शान्तिनगरमा एडभान्स अडीटिङका नाममा यस्तो गलत धन्दा भइरहेको खबर सार्वजनिक गरेको थियो । अर्थ सरोकारको समाचारपछि उक्त बोर्ड त्यहाँबाट हटेको भएपनि अहिले आइक्यानकै केहि अधिकारीहरुको मिलेमतोमा कारवाही नगर्ने सर्तमा पुन: त्यहाँ उक्त धन्दा सुरु भएको बुझिएको छ ।  
समितिका संयोजक भन्छन्, ‘अव सिधै अपराध महासाखाको सहयोग लिन्छौं’
यस विषयमा हामीले आइक्यानमा रहेको अनुगमन समितिका संयोजक सिए सुरेश देवकोटालाई सोधेका थियौं । उनले यसअघि आएका समाचारका बारेमा पनि आइक्यानले प्रतिवेदन तयार गरेको र कारवाहीको प्रक्रिया अगाडी बढाईसकेको दावी गरे । ‘सिए सरोकार र अर्थ सरोकारमा समाचार आएपछि हामीले त्यसबारेमा बुझेका थियौं । यसअघि भण्डारी अडिट फर्मका नाममा यास्तो गलत धन्दा गर्नेलाई आइक्यानले सचेत गराएको थियो । हामीले सचेत गराएपछि उक्त काम त्यहाँ बन्द भयो । शान्तिनगरको केसमा पनि आइक्यानले एउटा प्रतिवेदन बनाएको छ । फेरि कुनै बहानामा त्यस्तो गलत धन्दा फेरि भएको छ भने त्यो स्वीकार्य हुँदैन । अव हामी सिधै अपराध महासाखाको सहयोगमा उनीहरुलाई कारवाही गर्छौं ।’ देवकोटाले अर्थ सरोकारसँग भने ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: