×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूर्व माओवादी केन्द्रका ३९ युवा नेता विप्लव नेतृत्वको नेकपामा प्रवेश

घोराही – पूर्व माओवादी केन्द्र र एमालेका करिब चार दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेसँगको एकताप्रति असन्तुष्टि जाउँदै आएका दाङका स्थानीय नेताहरुले सामुहिक रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
दाङको राजपुर–४ मोतिपुरका स्थानीय नेता राजेन्द्र यादवको नेतृत्वमा ३९ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । यादवको अध्यक्षमा ११ सदस्य इकाई समिति पनि गठन गरिएको नेकपा दाङले बताएको छ ।
माओवादी केन्द्र एमालेमा विलय भएकोले आफूहरु त्यहाँ जान नसकेको बताउँदै यादवले क्रान्तिमा निरन्तर समाहित हुने संकल्पका साथ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी विक्रम, राजपुर सेक्रेटरी सुर्य यादव, योङ रेड फोर्सका जिल्ला सदस्य हरि यादव लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
यसअघि दाङकै राजपुरमा ५० जना र घोराही ८ बुधौरामा ३० जना नेकपामा प्रवेश गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टीले ध्रुवीकरण अभियान जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा संचालन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: