सेन्ट्रलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मिति, सर्वसाधारणले पनि भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सेन्ट्रल फाइनान्सको संस्थापक सेयर ९ लाख ८१ हजार ७०८.७२ कित्ता लिलामी भर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी जेठ १४ बाट फेरि लिलामीमा ल्याएको हो । यसमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।
प्रकाशित : Monday, June 04, 2018

recent

Popular Posts