×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र नर्भिक हस्पिटलबिच सम्झौता, बैंकका कार्डहोल्डर र कर्मचारीले अस्पतालको सेवामा छुट पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ असार २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक र नर्भिक हस्पिटलबिच सम्झौता, बैंकका कार्डहोल्डर र कर्मचारीले अस्पतालको सेवामा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथमा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: