×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल ब्यालेन्स्ड फन्डले ३० हजार कित्ता ऋणपत्र पुनः लिलामी गर्दै, कहिले सम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ २५ गतदेखि नबिल ब्यालेन्स्ड फन्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ३ वटा बैंकको ऋणपत्र पुनः लिलामी गर्ने भएको छ । फन्डले यसअघि जेठ ६ देखि १३ गतेसम्म पनि २४ कम्पनीको सेयर र ६ वटा बैंकको ऋणपत्र लिलामीमा ल्याएको थियो । उक्त समयमा नबिकेको ऋणपत्र फेरि लिलामी गर्न लागेको हो । यसमा जेठ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।
फन्डले लक्ष्मी बैंक डिबेन्चर, एसबीएल ऋणपत्र र बीओके डिबेन्चर लिलामी गर्न लागेको हो । प्रत्येक ऋणपत्रको संख्या १० हजार कित्ता र ब्याजदर ८% रहेको छ । ऋणपत्रको न्यूनतम मूल्य प्रतिकित्ता ९५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
नबिल ब्यालेन्स्ड फन्ड परिपक्क भइसकेकाले योजना खारेजीमा लैजान यसअघि होल्ड गरिएका ऋणपत्रहरु लिलामी गर्न लागेको हो । यो फन्ड चैत २९ गते परिपक्क भएको हो । लिलामीको बोलपत्र फारम यस फन्डको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंमा पुग्ने गरी पेश गर्नुपर्नेछ । फन्डले जेठ २८ गते बोलपत्र खोलिने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: