×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटौलाको जुक्तिः देउवा र पौडेल गुट भिडाउदै आफ्नो गुट मजबुद बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र कोइराला र देउवा दुई गुट लामो समयदेखि चल्दै आएका थिए । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पालामा शेरबहादुर देउवाले बिद्रोह गर्दै आफुनो गुट बनाएका थिए । तर पार्टीको पछिल्लो महाधिबेशनपछि बनेको नयाँ गुटले पुराना गुटभन्दा बढि राजनीतिक फाइदा दिन थालेको छ ।
गत महाधिबेशनमा कोइराला क्याम्पको प्रतिनिधित्व गर्दै रामचन्द्र पौडेलले, आफ्नो पुरानो गुटलाई मजबुत बनाउँदै देउवाले चुनावी प्रतिस्पर्धा गरे । पौडेल र देउवाले प्रतिस्पर्धा गरिरहेका बेला परम्परागत गुटलाई चुनौति दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ गुट निर्माण गरे । सिटौला गुट नै अन्य दुई गुटभन्दा सफल गुट बनेको छ ।
महाधिबेशन सकिएलगतै सिटौला गुट देउवा गुटसँग मिल्यो । देउवा गुटमा मिले लगतै रक्षा र स्वास्थ्य मन्त्री सिटौला गुटले लियो । आफुना दुई सहकर्मी गगन थापा र भीमसेनदास प्रधानलाई मन्त्री बनाए । त्यसपछि नेपाली बिद्यार्थी संघको निर्वाचन भयो । त्यसमा पनि देउवासँग मिलेर धेरै विद्यार्थी नेतालाई पदाधिकारीदेखि सदस्यसम्म जिताए । नेपाल तरुण दलमा पनि आफु निकटका युवालाई स्थान बनाउन सिटौला सफल भए ।
देउवासँग मिलेर एकपछि अर्काे फाइदा लिदै गरेको सिटौला गुट पछिल्लो समय पौडेल समुहसँग मिल्यो । पौडेल पक्षसँग मिल्दा पनि फाइदा दिन भने चुकेन । नेपाल शिक्षक संघ र टेड युनियनमा पौडेल र सिटौला पक्ष मिलेर देउवा पक्षलाई पराजित गरे । सघ र युनियनका प्रभावशाली पद सिटौला पक्षले लियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: