×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवाकी सासू पनि अयोग्य ! अरु कुन कुन देशका अयोग्य राजदूत फिर्ता आउँदै ?

काठमाडौँ – सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ । कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले ९ वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो ।
फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् । राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका ६ जना छन् ।
जसमध्ये दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह ,म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला छन् ।
यसैगरी, राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ ।
राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् । यस्तै, तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ ।
तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला काँग्रेस र राप्रपाबाट नियुक्त भएकाहरुलाई तत्कालै फिर्ता बोलाउन लागिएको स्रोतले बतायो ।
उनीहरुलाई फिर्ता बोलाएर योग्य व्यक्तिहरुलाई राजदूतमा नियुक्ति गर्ने तयारी गरको सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि डेढ महिनादेखि नयाँ मापदण्डको गृहकार्य गरिरहेको छ । भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिले राजदूत रिक्त छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधिको अवधि पूरा भइसकेको छ। रिक्त स्थानमा पनि आगामी केही सातामै राजदूत नियुक्त हुनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: