×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देव: विकास बैंकको सेयर लिलामी खुल्दै, कहिले सम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – देव: विकास बैंकको असार १ गतेदेखि कुल २० लाख २० हजार ५९.५९ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ७९ हजार २६४. ८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४.७१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्ता सम्म लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा देवः को केन्द्रीय कार्यालय, लालदरबार काठमाडौंबाट पनि भर्न सकिनेछ । 
हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: