×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः को सेयर लिलामी बोलपत्र आज दिउँसो ३ बजे खोलिंदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

देवः को सेयर लिलामी बोलपत्र आज दिउँसो ३ बजे खोलिंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – देवः विकास बैंकको २० लाख २० हजार ५९ कित्ता सेयर लिलामीको बोलपत्र सोमबार दिउँसो ३ बजे खोलिंदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे बोलपत्र खोल्न सुरु गरिने भएको हो । 
देवःले असार १ देखि ८ गतेसम्म संस्थापक समूहको १४ लाख ७९ हजार २६४.८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४।७१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।  हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: