×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकको एफपीओ आजदेखि बिक्री खुला, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ शुक्रबारदेखि बिक्री खुला गरेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको हो । यो बैंकको बिहीबारको क्लोजिङ मूल्य भने प्रतिकित्ता २९३ रुपैयाँ छ । 
यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ । यो एफपीओमा संस्थागत लगानीकर्ताले पनि शुक्रबारदेखि नै आवेदन दिन पाउनेछन् । एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै सेयर नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ ।
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: