×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठगी गर्दै आएका म्यानपावर व्यवसायीहरु धरौटी बुझाएर भए रिहा, कुन व्यवसायीले कति तिरे ?

काठमाडौं – काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका छन् । उक्त ४ म्यानपावर ब्यबसायीले वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका धरौटीमा रिहा भएका हुन् । 
मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमि कुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। अदालतको आदेश अनुसार तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थीले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।
सोमवार मात्र व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार रुपैयाँ धरौटी बुझाएका हुन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: