×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकका केही संस्थापकले सेयर बिक्री गर्दै, कसले पाउँछ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकी विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका छन् । बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले असार ४ गतेबाट ३५ दिन भित्रसम्ममा बैंकको केन्द्रीय कार्यालय चिप्लेढंगा, पोखरामा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ । 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । गण्डकीको जेठ २५ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट १९.३१% बोनस दिने प्रस्ताव पारित गरेको छ । बोनसपछि चुक्ता पुँजी २ अर्ब ७५ करोड पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: