×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकको शुक्रबार एजीएम बस्दै, सभामा पेस गर्दैछन् यस्ता प्रस्ताव

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ २५ गते गण्डकी विकास बैंकको साधारण सभा हुने भएको छ । बैंकको सभा होटल पोखरा ग्रान्ड, पार्दि विरौटा पोखरामा बिहान ८.३० बजे सुरु हुनेछ । सभामा बैंकले १९.३१% बोनस सेयर दिने प्रस्ताव पेश गर्नेछ । बैंकले बोनस वितरणमा ४४ करोड ५० लाख ९२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । यता, गण्डकीले २०७४ असार २० गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
मर्ज भएका कम्पनीका सेयरधनीले निश्चित अवधिसम्म कर छुट पाउने प्रावधान छ । तर, मर्ज भइसकेपछि सेयर किनेकाले भने यस्तो छुट पाउने छैनन् । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने पनि सभाको प्रस्ताव छ ।
यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।  संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने तथा उनीहरुको भत्ता एवं सुविधा वृद्धि गर्ने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि बैंकले जेठ ८ देखि २५ गतेसम्म बुक क्लोज गरेको छ । जेठ ७ सम्म मात्र कायम सेयरधनीले बैंकले वितरण गर्न लागेको बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७५ करोड पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: