×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रसर बन्दै गण्डकी विकास बैंक, लक्ष्मी माविलाई सहयोग

गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै आएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ । 
यसै सन्र्दभमा श्री लक्ष्मी मा.वि., लेखनाथको ६० औँ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको लागि सहयोगार्थ ३५ हजार रुपैयाँको चेक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण जि.सी.लाई हस्तान्तरण गरेका छन् ।
सोे अवसरमा अतिथिको मन्तब्य राख्दै प्रमुख कार्यकारी अधिकृत थापाले बैंक र विद्यालय विच सदैव सहकार्य रहिरहने बताउदै आगामी दिनहरुमा पनि विद्यालय अझ उत्कृष्ट विद्यालयको रुपमा रहिरहने शुभकामना दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: