×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंक र ओम हस्पिटलबिच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच सम्झौता सम्पन्न भएको छ । विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका डेविट कार्ड होल्डर ग्राहकहरु, विकास बैंकका कर्मचारी र संस्थापक सेयरधनीहरुले ओम हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकका राजधानीमा पाँच वटा शाखा कार्यालयसहित देशभर ५७ शाखा कार्यालय संचालनमा रहेका छन् । विकास बैंकले छिट्टै नै काठमाडौंको नयाँबानेश्वर, ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, रुपन्देहीको योगीकुटी, दाङ्गको घोराही, बांकेको नेपालगञ्ज, कैलालीको धनगढी र झापाको दमकमा समेत शाखा कार्यालय खोल्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: