×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा र सूर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्ने

गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
आईतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गर्नू भएको थियो । 
यस सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट सूर्या लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त सक्नेछन । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपुर्ण कार्य रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: