×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घलेम्दी हाइड्रोको आसार २२ देखि आइपीओ आउँदै, कसले पाउँछ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २२ गतेदेखि घलेम्दी हाइड्रो लिमिटेडले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो । कम्पनीले स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले मात्र आवेदन दिन पाउँछन् । न्यूनतम ५० कित्तादेखि अधिकतम २७ सय ५० कित्ताका लागि आवेदन दिन सकिन्छ ।
घलेम्दीले साउन ४ गते यो आइपीओको बिक्री बन्द गर्नेछ । यस अवधिसम्म आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन २० गतेसम्म भर्न सकिने व्यवस्था छ । लगानीकर्ताले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकको बेनी शाखा र गरिमा विकास बैंकको पोखरेबगर शाखाबाट आइपीओ भर्न सक्नेछन् । 
यसको बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गरेको छ । घलेम्दीले पहिलो चरणमा जारी पुँजी ५५ करोड रुपैयाँको १०% सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । यसपछि फेरि २०% सेयर सर्वसाधारण र कम्पनीका कर्मचारीलाई बिक्री गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: