ग्लोबल आइएमई बैंकद्वारा फलफुलका विरुवारोपण

काठमाडौँ - ग्लोबल आइएमई बैंक लि.ले विश्व वातावरण दिवसको अवसर पारेर मिति २०७५ ज्येष्ठ २२ (जुन ५, २०१८), विश्व वातावरण दिवसका दिन आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका विरुवाहरु रोपेको छ । 

नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नुभयो । 

बैकले विश्व वाताबरण दिवसको अवसरमा बैंकका विभिन्न कार्यालयहरु, कान्तिपथ, कमलादी, पोखरा लगायतका शाखाहरुमा विभिन्न फलफुलका विरुवाहरु रोपेको छ । 

प्रकाशित : Thursday, June 07, 2018

recent

Popular Posts