बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५८ हजार १ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ५८ हजार २ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ९ सय तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ । 
प्रकाशित : Thursday, June 07, 2018
,

recent

Popular Posts