×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता सेयर  आइतबारदेखि लिलामी बिक्री खुला गरेको छ । बैंकले यसअघि लिलामी खुला गरेको बेला नबिकेको सेयर अहिले पुनः लिलामीमा ल्याइएको हो । यस पटकको सेयर लिलामीमा सर्वसाधाणले पनि आवेदन दिन पाउनेछन । असार १० गतेसम्म बोलपत्र पेश गर्ने म्याद छ । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार बिन्दु बनाएर बोलकबोल गर्नुपर्नेछ । लिलामीमा न्यूनतम १००० कित्ताका लागि आवेदन दिन पाइनेछ । अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बाग्लुङबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: