×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजधानी छाड्दै कहाँ जादैछन् पूर्वराजा ज्ञानेन्द्र ?

काठमाडौं – पछिल्लोपटक निजी भ्रमणका नाममा आन्तरिकरुपमा राजनीतिक चलखेल गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनका लागि राजधानी बाहिर जादैछन् ।
उनको निजी सचिवालयले जनाए अनुसार उनि नेपालगञ्ज जाने भएका हुन् । बुधबार उनको निजी सचिवालयले एक सुचना जारी गरेरै शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको जानकारी दिएको छ । पूर्वराजा शाहसंगै उनकी पत्नी कोमल शाह पनि जाने कार्यक्रम छ ।
उनि निकट स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा शाहले असार २३ गते नेपालगञ्जमा आफ्नो जन्मोत्सव मनाउनेछन् । नेपालगञ्ज बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेटवार्ता गर्नेछन् ।
यस्तै उनले आफु निकट केही केही राजनीतिक दल र आफ्ना शुभचिन्तक समर्थकलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: